योग र आयुर्वेदलाई धर्मसित जोड्नु दुर्भाग्यपूर्ण- राष्ट्रपति
भोपाल, 28 मई। राष्ट्रपति रामनाथ कोविन्दले आयुर्वेद र योगलाई कुनै धर्मसित जोड्नु दुर्भाग्यपूर्ण हो भनेका छन्। उनले ‘एक देश-एक स्वास्थ्य’ माथि आयोजित आरोग्य मन्थन कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। राष्ट्रपतिले भने, कुनै डाक्टर कहाँ दुई धर्मका मानिस गए डाक्टरले तपाई बिहान पाँच बजी उठ्नुहोस् र मर्निङ वक गर्नुहोस्, योगासन गर्नुहोस् भने, उनीहरूले यी सब गर्नेछन्। यसमा मेरो धर्म बीचमा आईरहेछ भन्नेछैनन् किनभने उनीहरूलाई आफ्नो स्वास्थ्यको चिन्ता छ। जुन भ्रान्तिहरू फैलाइन्छ, त्यसमाथि ध्यान दिने आवश्यकता छैन।
राजधानीको कुशाभाउ ठाकरे अडिटोरियममा शनिवार आरोग्य मन्थन कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपतिले भने, दुई-ढाई सालमा विश्वले अदृश्य महामारीको सामना गरिरहेछ। देश र विश्वका वैज्ञानिकहरूले भ्याक्सिन बनाएर मानव जीवनको रक्षा गरे। वैज्ञानिकहरूको अभिनन्दन गर्दछु। विश्वमा भारत जतिको सस्तो उपचार अन्य कतै छैन। यसैले गर्दा दिल्लीका अस्पतालहरूमा पनि वरिपरिका छिमेकी देशहरूबाट रोगीहरू उपचारको निम्ति आउनेगर्छन्।