नयाँ दिल्ली, 17 मई। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले एक विशेष मानवीय प्रयोजनले आफ्नो सेवानिवृत्त डग्सलाई नानीहरूको एक चिकित्सा केन्द्रमा पठाउने प्रथा शुरू गरेको छ। आज बलका चार सेवानिवृत्त डग्स- सुल्तान र रोजी- दुवै लेब्रेडोर, स्पीड- एक जर्मन शेपर्ड र तूफान- एक मेलिनोइसले विशेष नानीहरूको संस्थानको भ्रमण गरे औं स्थानीय अटिजम, सेरेब्रल पाल्सी र पुनर्वास र इन्टेलेक्चुअल डिसेबिलिटी चिकित्सीय केन्द्रमा नानीहरूबीच खुशी बाँड़े।
आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयले मंगलवार जानकारी गराएका छन्, विशेष नानीहरूको निम्ति यस सरकारी चिकित्सा संस्थानको साथ यो पहल यस उद्देश्यले गरिएको छ कि यसका अनुभवी के-9 ले नानीहरूबीच खुशी बाँड़ोस् र उनीहरूको जीवनलाई राम्रो बनाउन सकोस्। यी के-9 अबदेखि सातामा तीन दिन नानीहरूलाई हेर्न केन्द्र आउनेछन्।
आईटीबीपीका यी चार डग्स धेरै वर्षसम्म उग्रवाद विरोधी क्षेत्रहरूमा सेवा दिएपछि सेवानिवृत्त भएका छन् औं सेवामा भएको समय धेरै विस्फोटकहरू र एम्बुश आदिको पत्तो लगाएका छन्। यिनीहरूलाई वर्तमानमा राष्ट्रिय डग प्रशिक्षण केन्द्र (एनटीसीडी), भानु, पंचकुलामा आफ्नो सेवाको ‘दोस्रो पारी’ को निम्ति बनेको विशेष सेवानिवृत्ति गृहमा राखिएका छन्।
त्यही, आईटीबीपी पशु चिकित्सा क्याडरका डीआईजी सुधाकर नटराजनले भने, ‘केही अजिटम स्पेक्ट्रल नानीहरूको निम्ति गैर-मौखि, गैर मानव कम्पनीको उपस्थिति धेरै सुखदायक छ र यो अति सक्रिय नानीहरूमा शान्ति ल्याउँछ, यस बाहेक डग्सको साथ उनीहरूको सम्पर्क समय उनीहरूको हात-आँखा समन्वयमा सुधार र आँखालाई स्थिर गर्दछ। यो यसैले हो किनभने मनुष्यहरू विपरीत, डग्स संगको परिवेशले नानीहरूमा धेरै नै संज्ञानात्मक परिवर्तन ल्याउनसक्छ’।
आईटीबीपीमा एक विशिष्ट के-9 विङ छ र गत केही वर्षमा बल र अन्य सीएपीएफ र राज्य पुलिस बलहरूको गुणवत्ता के-9 दस्ताहरूको प्रशिक्षणको साथ अपरेशन आदि क्षेत्रमा यसको एक विशिष्ट इतिहास रहेको छ।