भारतमा संसारलाई नेतृत्व प्रदान गर्ने अपार क्षमता छः राज्यपाल

भारतमा संसारलाई नेतृत्व प्रदान गर्ने अपार क्षमता छः राज्यपाल

Spread the love

सिक्किमका राज्यपाल गंगा प्रसादले आज पूर्वी क्षेत्रका विश्वविद्यालयहरूका कुलपतिहरूको दुई दिवसीय बैठकको उद्घाटन गरे। रानीपुल छेउ स्थानीय एउटा होटलमा भइरहेको यस बैठकको आयोजना इक्फाई विश्वविद्यालयले गरेको हो। यस बैठकको उद्देश्य शिक्षाशास्त्र र परिवर्तनकारी उच्च शिक्षाको निम्ति प्रौद्योगिकीको उपयोगमाथि ध्यान आकर्षित गर्दै नवीन शिक्षण प्रणालीमा यसको धेरैभन्दा धेरै उपयोगलाई सामेल गर्नु रहेको बताइएको छ।

मुख्य अतिथिका रूपमा उपस्थित राज्यपाल प्रसादले आफ्नो सम्बोधनमा एसोसिएशन अफ् इण्डियन यूनिभर्सिटीजलाई बधाई दिॅंदै भने, ‘सङ्गठनले आफ्ना विभिन्न पहलहरूद्वारा गतिशील सेवाहरू प्रदान गरिरहेका छन् र अन्तरराष्ट्रिय मञ्चमा भारतीय उच्च शिक्षालाई बलियो अनि लोकप्रिय बनाइरहेका छन्। यदि हामी प्रौद्योगिकीहरूद्वारा प्रदान गरिने क्षमताहरूको उपयोग गर्छौ भने पारम्परिक शिक्षण प्रणालीमा धेरै क्रान्ति आउन सक्छ।’

राज्यपालले शिक्षण संस्थानहरूसॅंग सम्बन्धित सबैलाई नयॉं पद्धति अपनाउनका साथै आफ्नो गरिमामय प्राचीन पद्धति, संस्कृति, जुन हामीले विरासतमा पाएका छौ त्यसलाई पनि सॅंगै लिएर अगाडि बढ्न आह्वान गरे। उनले पारम्परिक र आधुनिक शिक्षणबिच सन्तुलनको आवश्यकतामाथि बल दिए। उनले भने, ‘भारतमा संसारलाई नेतृत्व प्रदान गर्ने अपार क्षमता छ। शिक्षामा प्रौद्योगिकीको उपयोगद्वारा विद्यार्थीहरूमा रचनात्मकता विकसित गरेर उज्जव भविष्यको निर्माण गर्ने दिशामा अग्रसर बन्नुपर्छ, जुन सबैको उत्साह र समर्पणले मात्र सम्भव हुन सक्छ।’

उनले यस पूर्वी क्षेत्रका कुलपतिहरूको बैठकमा हुने चर्चा र विचार-विमर्शबाट ठोस परिणाम अगाडि आउने र पूर्वी क्षेत्रमा उच्च शिक्षा संस्थानहरूमा नवाचार प्रदान गर्न मद्दत पुग्ने आशा व्यक्त गरे।

कार्यक्रमलाई विशिष्ट अतिथि शिक्षा मन्त्री केएन लेप्चाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न विश्वविद्यालयका कूलपतिहरू तथा अन्य गणमान्य जनहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.