आइसीएआर सिक्किमद्वारा जैविक खेतीमाथि 21 दिने तालिमको समापन

आइसीएआर सिक्किमद्वारा जैविक खेतीमाथि 21 दिने तालिमको समापन

Spread the love

आइसीएआर सिक्किमद्वारा जैविक खेतीमाथि 21 दिने तालिमको समापन
गान्तोक, दिसम्बर, 2022। आइसीएआर अनुसन्धान परिसर, सिक्किम केन्द्र, तादोङद्वारा प्रायोजित “सिक्किम हिमालयमा जैविक उत्पादन प्रणालीमा प्रगति” सम्बन्धी अल्पकालीन तालिम कार्यक्रम 10 दिसम्बरको दिन समापन भयो। समापन समारोहमा आइसीएआर-आरसी, एनईएचआर, उमियम, मेघालयका निर्देशक डा. विनयकुमार मिश्र मुख्य अतिथिका रूपमा उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै माटोको बढी दोहनका साथमा कार्बनको स्तर अति नै घटेर गएको हुँदा फसल बाली उत्पादनका लागि माटोको स्वास्थ्यको स्थिति अति नै जोखिमपूर्ण स्थितिमा पुगिसकेको उनले बताए। यसका साथै निर्यातको व्यापक सम्भावना अनि परितन्त्रलाई दीर्घकालसम्म कायम राख्न आवश्यकता आधारित प्राकृतिक खेतीको माध्यमद्वारा जैविक खेती शुरु गर्न आवश्यकतामाथि पनि उनले बल दिए। तालिम कार्यक्रम सफलतापूर्वक पूरा गर्ने 15 प्रतिभागीलाई उनको बाहुलीबाट शीतकालीन स्कूल प्रशिक्षण प्रमाणपत्र पनि प्रदान गरियो। यस अवसरमा मुख्य अतिथि डा. मिश्रद्वारा बायोटेक-किसान अन्तर्गत “मेघालयको भोई जिल्लाका जनजाति कृषकहरूको आजीविकामा सुधार”नामक प्राविधिक बुलेटिन पनि लोकार्पण गरियो।

यसअघि, आइसीएआरका प्रमुख तथा विशेष अतिथि डा. एस हजारिकाले आफ्नो सम्बोधनमा स्थान विशेषको आवश्यकताको आधारमा राष्ट्रको खाद्य सुरक्षालाई ध्यानमा राख्दै जैविक खेतीका लागि बेच-बिखनको निम्ति गुणस्तरीय पक्षलाई पनि ध्यान दिन आवश्यक रहेको बताए। बढी पोषण आवश्यक पर्ने धान अनि मकैका बालीको साटो जैविक खेतीका लागि सब्जी-तरकारी, फल, मसला आदिमाथि ध्यान केन्द्रित गर्नुपर्ने पनि उनले बताए। यसका साथै जैविक खेतीको लक्ष्य पूरा गर्नका लागि जैविक वनस्पतिको प्रजनन अनि जैविक बिउ-बिजनमाथि अनुसन्धान गर्नमाथि पनि उनले बल दिए।

शीतकालीन स्कूल प्रशिक्षणका पाठ्यक्रम निर्देशक एवं संयुक्त निर्देशक डा. रामगोपाल लाहाले सबै अतिथि अनि प्रशिक्षणार्थीलाई स्वागत जनाउँदै कार्यक्रमको उद्देश्यका साथमा विभिन्न अनलाइन अनि अफलाइन व्याख्यानको माध्यमद्वारा परिचालन गरिएको तालिमका साथमा व्यावहारिक अभ्यासका साथमा आइसीएआरद्वारा अङ्गीकार गरिएका गाउँहरू, सिम्बिडियम विकास केन्द्र (रूम्तेक), केभीके (दक्षिण सिक्किम), केभीके (पूर्व सिक्किम) तथा आइसीएआरद्वारा जङ्गुमा (उत्तर सिक्किम) परिचालित टीएसपी कार्यक्रममा स्थलगत भ्रमणबारे जानकारी दिए। संस्थानको हितबारे अवगत गराउँदै यस प्रकारको तालिम कार्यक्रम कृषक अनि समाजको हितका लागि भविष्यमा पनि आयोजन गर्ने उनले वचन दिए।

वरिष्ठ वैज्ञानिक डा. सुदीपकुमार दत्तले प्रशिक्षणको प्रगतिबारे संक्षिप्त विवरणका साथै प्रतिभागीहरूको मूल्याङ्कन कार्यनिष्पादन पेश गरे। युबीकेभीकी डा. सुमिता प्रधान तथा नागाल्याण्ड विश्वविद्यालयका डा. अनिमेश सरकारले प्रतिभागीहरूका प्रतिक्रिया, लाभका साथमा शीतकालीन स्कूल कार्यक्रमबाट सिकिएका नयाँ तकनिकीबारे जानकारी पेश गरे। यसै गरी युबीकेभीका डा. कौशिक दास, बीसीकेभीकी डा. श्रवणी दास, ओयुएटीकी डा. प्रज्ञाश्री मिश्र, युबीकेभीका डा. अमृत तामाङ अनि युबीकेभीकी डा. सुमिता प्रधानले तालिमको समय उत्कृष्ट प्रदर्शनी गरे।

पाठ्यक्रमका समन्वयक तथा प्रमुख वैज्ञानिक डा. रामगोपाल देवदासले शीतकालीन स्कूल प्रशिक्षण कार्यक्रमका लागि मन्त्रालयद्वारा वित्तपोषणको निम्ति आभार व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक समापन गर्न सहयोग गरेवापत् विभिन्न समितिलाई धन्यवाद दिए। यस अवसरमा सबै वैज्ञानिक, प्रशासनिककर्मी, आरए, एसआरएफ, जेआरएफ, आइसीएआर, सिक्किम केन्द्र अनि आइसीएआर-केभीके, रानीपुल, पूर्व सिक्किमका अनुबन्धित कर्मचारीहरू पनि उपस्थित थिए। (पीआइबी)

Leave a Reply

Your email address will not be published.