मुख्यमन्त्री द्वारा  ‘हिमालय रिस्पाना रेशीधारा जलसेवा योजना’ को उद्घाटन 

मुख्यमन्त्री द्वारा  ‘हिमालय रिस्पाना रेशीधारा जलसेवा योजना’ को उद्घाटन 

Spread the love

रिनाक, 10 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार पूर्व सिक्किम अन्तर्गत रिनाकमा ‘हिमालय रिस्पाना रेशीधारा जलसेवा योजना’ को विधिवत उद्घाटन गरे। यस योजनाको प्रायोजन रिनाक निवासी चार अग्रवाल दाजु-भाईले गरेका हुन्, जसमा राम अवतार अग्रवाल, सन्तोष अग्रवाल, सुनिल अग्रवाल र अनुप कुमार अग्रवाल सामेल छन्। उनीहरूले यो योजना आफ्ना स्वर्गीय माता-पिताको नाममा शुरू गरेका हुन्।

यो योजनाले रिनाक निर्वाचन क्षेत्र अन्तर्गत तारपिन जीपीयूमा पर्ने चार वार्ड मिडल तारपिन, मन्दिर डॉंड़ा, लोवर तारपिन र सालघारीका मानिसहरू लाभान्वित बन्नेछन्। यी गाउॅंहरूमा लगभग 343 परिवार र 1360 मानिसहरू छन्। उद्घाटन कार्यक्रममा रिनाकका विधायक विष्णु कुमार खतिवडा, अग्रवाल परिवारलगायत अन्य गणमान्य जनको उपस्थिति थियो। मुख्यमन्त्रीसहित अन्य अतिथिहरूले विरूवा पनि लगाएका थिए।

अनुप कुमार अग्रवालले यो योजना चारैजना दाजु-भाईले मिलेर खडा गरेको बताए। उनले सालघारी गाउॅंमा उहिलेदेखि नै पानीको निकै दु:ख थियो भन्दै आफ्नो व्यापारको सिलसिलामा कहिलेकाही गाउॅं जाने गर्दा मानिसहरूले डोकोमा पानी बोकिरहेको देख्ने गर्थे भनी बताए। गाउॅंलेहरूले झेल्दै आइरहेको समस्या समाधान गर्न दाजु-भाई मिलेर यो योजनाको परिकल्पना गरेको उनले बताए। अग्रवालले यस योजनाका लागि धेरै जमिन दान गरेको जानकारी गराउॅंदै आफुहरूले या योजनामा लगभग डेढ़ करोड़ रूपियॉं खर्च गरेको बताए।

यसपछि, रिनाक बजारमा आयोजित एक जनभेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले क्षेत्रका पार्टी कार्यकर्ताहरूलाई मिलेर बस्न आह्वान गरे। उनले पार्टी कार्यकर्ताहरूमा गुटबाजी हुनुहुॅंदैन भन्दै सबैजना एक परिवार भएर बस्नुपर्छ भनी बताए। उनले भने, ‘यदि एसकेएमलाई माया गर्छ भने पार्टीमा गुटबाजी हुनुहुॅंदैन।’ उनले 2024 को चुनाउ आएको छैन र आफुले कसैलाई पनि ग्रीन सिग्नल दिएको छुइन भनी स्पष्ट पारे।

मुख्यमन्त्रीले राज्यमा सत्ताशक्ति विकेन्द्रिकरण गरेका उदाहरण दिँदै विभिन्न रोगले ग्रस्त मानिसहरूलाई राज्य बाहिर उपचार गराउन चाहे पुरानो एसटीएनएम अस्पतालमा मुख्यमन्त्री मेडिकल असिस्टेंट सेलको कार्यालय खोलिएको बताएका छन्। उनले यहाँ सिक्किमबाट बाहिर रेफर गरिएका बिरामीहरूको आवश्यक दस्तावेजहरू जमा गरिए यहाँबाट सुविधा लिनसक्ने पनि जानकारी दीए। यसका साथै यहाँ बिहिबार, शुक्रवार र शनिवारको दिन डाक्टरहरूको उपस्थिति रहने गरेको पनि जानकारी दिए।  अर्कोतिरत मुख्यमन्त्री गोलेले भने, हामीहरू व्यवस्थामा रहेर काम गर्न आवश्यक छ। प्रत्येक योजनाको निम्ति विभागले कानुन बनाउन आवश्यक छ। राज्यमा 25 सालसम्म यस्तो कुनै कानुन थिएन जसले जनतालाई सुविधा प्रदान गर्नसकोस।

Leave a Reply

Your email address will not be published.