दुधेवासीको जमीनको पर्जापट्टा विषयमा तृणमूल कांग्रेसद्वारा ज्ञापन
खरसाङ, 21 मई । हिल तृणमूल कांग्रेसको एक टोलीले दुधेवासीहरूको वर्षौं पुरानो जमीन सम्बन्धित समस्याको समाधानका लागि राज्यसभा सांसद तथा हिल तृणमूल कालेबुङ दार्जीलिङ-जिल्लाकी अध्यक्ष शान्ता छेत्रीको पहलमा दार्जीलिङका डीएम, एडीएम, एलआर र खरसाङ महकुमा शासक, खण्ड विकास अधिकारी, एसडीआई र एलआरओ आदिलाई ज्ञापन पत्र चढाएको जानकारी निश्चल पाख्रीनले दिएका छन्।
उनले जनाएअनुसार बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको आदेश अनुसार पहाड़को जनसाधारणले पनि आफ्नो जमीनको मालिकना हक पाउनुपर्छ भन्ने ठूलो सोचलाई आत्मासात गर्दै वर्तमानमा चलिरहेको जमीन निरीक्षण कार्यलाई दुधेमा पनि चाँड़ो पूरा गरी यहाँ बसोबासो गर्ने सम्पूर्ण गाउँवासीलाई पनि जमीनको मालिकना हक (पर्जा पट्टा) दिनेछन् भनेर विभागप्रति उनीहरूले पूर्ण भरोसा राखेका छन्। हिल तृणमूल श्रमिक संगठन केन्द्रिय समिति उपध्यक्ष दिपक प्रधान, हिल तृणमूल कांग्रेस पंखाबारी लङभिऊ अम्बटे समष्टि संयोजक निशाल पाख्रीन आदिको प्रतिनिधि टोलीले ज्ञापन बुझाएको बताइएको छ।