कवि गायत्री गौतमको कविता कृति ‘प्रतिक्षा’ लोकार्पण

कवि गायत्री गौतमको कविता कृति ‘प्रतिक्षा’ लोकार्पण

Spread the love

गान्तोक, 15 नोभेम्बर। सिक्किमका कवि गायत्री गौतमको पहिलो कविता कृति ‘प्रतिक्षा’ लोकार्पण भएको छ। वरिष्ठ साहित्यकार वसन्ती शर्मा मुख्य अतिथि रहेको कार्यक्रममा अध्यक्ष रुद्र पौड्याल र अन्य अतिथिको बाहुलीबाट कृतिको विमोचन गरियो। नेपाली साहित्य परिषद भवनमा संस्कार भारती सिक्किम शाखाद्वारा आयोजित विमोचन कार्यक्रममा साहित्य सितै लोक साङ्गीतिक कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको थियो। जसमा सिक्किम केन्द्रीय विश्वविद्यालयका सङ्गीतका विद्यार्थिहरूले भजन, मारूनी, सोरठी जस्ता लोकगीतहरूको प्रस्तुती दिएका थिए। लोकार्पित कृतिमाथि कवि उषा शर्माले समिक्षात्मक टिप्पणी राखेकी थिइन्।

आफ्नो पहिलो कविता संग्रह लोकार्पणपछि पत्रकारहरूसित कुराकानी गर्दै कवि गायत्री गौतमले कृतिको नाम सरह नै आफूले लामो प्रतिक्षापछि यो कविता सङ्कलन निकाल्न सक्षम बनेको बताइन्। यसमा आफूलाई सहयोग पुऱ्याउनेहरू प्रति आभार प्रकट पनि गरिन्। कार्यक्रममा विष्णु भण्डारी, रत्न सक्सम सुब्बाले कविता वाचन गरेका थिए।

कार्यक्रममा कवि प्रेम न्यौपाने प्रहरलाई सम्मान पत्र प्रदान गरिएको थियो। मुख्य अतिथि वसन्ती शर्माले आफूले सिक्किममा सरकारी सेवा गरेदेखि नै अवकाश भएसम्म साहित्यको गतिविधिलाई नजिकबाट हेरेको र अवकाशप्राप्त पछि पनि सिक्किमेली साहित्य समाजसित जोड़िन पाउनु खुशीको कुरा बताइन्। उनले कवि गायत्री गौतमलाई नयाँ कविता कृतिको निम्ति हार्दिक बधाई दिइन्। कार्यक्रममा संस्कार भारतीका महामन्त्री रूद्र नेपालले स्वागत सम्बोधन राखेका थिए भने संस्कार भारतीका उपाध्यक्ष खुशेन तिम्सिना ‘तागासी’-ले धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published.