खरसाङ देवराली समष्टिबाट भागोप्रमो प्रार्थी श्याम शेर्पा विजयी

खरसाङ देवराली समष्टिबाट भागोप्रमो प्रार्थी श्याम शेर्पा विजयी

Spread the love

खरसाङ, 29 जून। खरसाङको 28 नम्बर खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) प्रार्थी श्याम शेर्पा विजयी बनेका छन्। भागोप्रमो प्रार्थी श्याम शेर्पाले 5 हजार 39 भोट प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्दी हाम्रो पार्टी प्रार्थी बिमल तामाङले 2 हजार 95 मत पाएका छन्। तेस्रो नम्बरमा निर्दलीय प्रार्थी धर्म गुरु पेम्बा रिम्पोर्छे (देवभरत लामा) ले 9 सय 57 मत प्राप्त गरेका छन् भने सीपीआईएम प्रार्थी बन्दना मुखियाले केवल 1 सय 67 मत मात्र प्राप्त गरेका छन्।

आफ्नो जितप्रति खुशी व्यक्त गर्दै श्याम शेर्पाले यो जीत 28 नम्बर समष्टिका जनताको जित रहेको बताए। उनले आफुमाथि विश्वास गरेर भारी मतले विजयी बनाएकोमा सबैलाई धन्यवाद दिए। उनले भने, जुन विश्वास लिएर पार्टी अध्यक्ष अनित थापाले मलाई जिम्मेवारी दिएको थियो त्यस जिम्मेवारीलाई मैले पूरा गरेको छु। चुनाउभन्दा पहिला पनि हामीले काम गरेकै हौं र अब चुनाउपछि अझ काम गरेर देखाउनेछौं। शेर्पाले अझ भने, म होइन हामी भएर काम गर्ने छौ। म कर्ममा विश्वास राख्ने व्यक्ति हुॅं। जनताले मलाई जिताएर ऋण लगाएका छन्। म जनताको लागि काम गरेर देखाउने छु।

Leave a Reply

Your email address will not be published.