दार्जीलिङ, 26 मई । जीटीए चुनाउको विरोधमा भारतीय गोर्खा सुरक्षा परिषद पार्टीले कालो पट्टी बाँधेर आज दार्जीलिङमा ऱ्याली निकाल्यो। पार्टी कार्यकर्ताहरूले टाउकोमा कालो पट्टी बाँधेर, कालो लुगा लगाएर तथा प्ला कार्डहरू बोकेर जीटीए चुनाउको प्रतिवाद गरेका थिए। ऱ्याली दार्जीलिङको रेलवे स्टेशनदेखि शुरु भएर जिल्ला शासक कार्यालय पुगेर समाप्त भयो।
पार्टी अध्यक्ष एसपी शर्माले भने, अहिले चुनाउ गर्ने सही समय होइन। यहाँका अधिकांश राजनीतिक दलहरु चुनाउको पक्षमा छैन। जीटीएमा धेरै समस्याहरू रहेकोले पहिला उक्त कुराको समाधान गरेर मात्र चुनाउ गरेको राम्रो हुनेछ। जीटीएले हाम्रो आकांक्षा पूरा गर्दैन भन्दै भने, हामी जीटीए चुनाउ मान्दैनौं। हामी जीटीए चुनावको विरोध गर्छौ। शर्माले राज्य सरकारमाथि जबरजस्ती जीटीए चुनाउ गराइरहेको आरोप लगाउॅंदै 2005 सालदेखि नभएको पञ्चायत चुनाउ गराउने विषयमा भने कुनै पहल नगरेको बताए।