हाम्रो पार्टीले जीटीएमा दह्रिलो विपक्षी बनेर जनताको राज सुनिश्चित गर्नेछ: अजय एडवर्ड

हाम्रो पार्टीले जीटीएमा दह्रिलो विपक्षी बनेर जनताको राज सुनिश्चित गर्नेछ: अजय एडवर्ड

Spread the love

दार्जीलिङ, 29 जून । जीटीए चुनाउमा हाम्रो पार्टीले 8 सिटमा जित हासिल गरेको छ। दार्जीलिङको 17 वटा सिटमा हाम्रो पार्टीले 7 सिटमा जित हासिल गरेको छ भने खरसाङको 15 सिट मध्ये केवल एउटा सिट जितेको छ। हाम्रो पार्टीले खरसाङमा तकदाह ग्लेनवर्ण समष्टिमा जित हासिल गरेको छ। हाम्रो पार्टीका प्रार्थी सन्नी तामाङले भागोप्रमो प्रार्थी पुलक मोक्तानलाई केवल 2 भोटले जितेका छन्।

कालेबुङ जिल्लामा हाम्रो पार्टीले खाता खोल्न सकेन। जीटीए चुनाउमा हाम्रो पार्टीले 45 सिट मध्ये केवल 8 सिट जित्न सफल बनेको छ। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हामीले 8 सिट मात्र जित्न सक्यौं, तर 6 महिनाको हाम्रो पार्टी पहाड़मा दोस्रो वृहत पार्टी बनेको छ। उनले जीटीए चुनाउमा भागोप्रमोले बहुमत प्राप्त गरेकोमा अनित थापा र मोर्चालाई बधाई दिए।

अजय एडवर्डले भने, अब हामी जीटीएमा जनताको राज लिएर आउनेछौं, किनभने हामी जीटीएमा बलियो विपक्षी दल भएर बस्नेछौं। हामी जनताको आवाज बुलन्द गर्नेछौं। भ्रष्टाचार र भाइभतिजावाद गर्न दिने छैनौं। एडवर्डले जनतालाई धन्यवाद दिॅंदै खरसाङ, कालेबुङ र मिरिकको जनताका लागि भविष्यमा काम गरेर देखाउँने र इमान्दारीपूर्वक कार्य गरेर देखाउने विश्वास दिलाएका छन्।

Leave a Reply

Your email address will not be published.