जीटीएमा आएको धनराशिको क्यागद्वारा अडिट गराउने छौं: अजय एडवार्ड्स

Spread the love

दार्जीलिङ, 09 जून । चिया निलामी केन्द्र कोलकातादेखि दार्जीलिङ ल्याउने वाचा गर्दै हाम्रो पार्टीले आज आफ्नो 24 बुँदे घोषणा पत्र जारी गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा चुनाउको निम्ति आगामी 26 जूनमा मतदान हुने तय भइसकेको छ। जीटीए सभाको 45 वटै आसनमा हाम्रो पार्टीले उम्मेदवार उठाएको छ भने चुनाउ प्रचार प्रसार पनि तीव्र रूप गरिरहेको छ।

यसै क्रममा आज हाम्रो पार्टीले चिया निलामी केन्द्र कोलकातादेखि दार्जीलिङ ल्याउने वाचा गर्दै 24 बुँदे घोषण पत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमा हाम्रो पार्टीले जीटीए सभाको प्रथम सत्रमा पहाडमा पञ्चायत चुनाउ गराउने प्रस्ताव पारित गर्ने बताएको छ। त्यसरी नै 2012 देखि 2022 सम्म जीटीए सभामा जे जति धनराशिहरू आएका थिए, ती सबैको क्यागद्वारा अडिट गराउने पनि बताएको छ। अनुसूचित जाति, विकलांग एवं नारीहरूको निम्ति जनसंख्याको आधारमा आरक्षणको निम्ति जीटीए सभामा प्रस्ताव पारित गरेर सरकार समक्ष राख्ने कुरा पनि घोषणामा उल्लेख छ।

यस अतिरिक्त, सय बुन्दे रोस्टर सरकारी नियम पूर्ण पालन गर्ने, जीटीए ऐन 2012 मुताबिक सम्पूर्ण विभागहरू साथै ताउजी अनि क्षेत्रीया परिवहन अख्तियार जस्ता विभागहरू हस्तान्तरण गराउनका लागि कार्यहरू गर्ने, चिया बगानहरूमा युगौंदेखि बसोबासो गर्दै आइरहेका श्रमिकहरूको घर र जमीनहरूको पर्चापट्टा, न्यूनतम रोजी आदि जस्ता विषयहरूमा काम गर्ने, क्षेत्रिया पेन्सन, प्रोभिडेन्ट फण्ड निर्देशलय जीटीए अधिनस्थ्य ल्याउने, जीटीए सचिवालय सबै महकुमाहरूमा राख्ने, जीटीए सभा ऐन संशोधन गरेर विधानपालिका शक्ति हस्तान्तरण गराउने आदि सामेल छन्।

जीटीए क्षेत्रभित्रका सबै अस्पतालहरूलाई आधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने, जीटीए क्षेत्रका पयर्टन स्थलहरूको समीक्षा गरेर उच्च स्तरीय बनाउने, भारत सरकार अनि एएसआईसॅंग मिलेर कालेबुङको न्योरा भ्याली, नेशनल पार्कलाई युनेस्को विश्व धरोहरमा सामेल गराउन पहल गर्ने, सन् 1897 मा निर्माण गरिएको सिद्राबुङ विद्युत केन्द्रलाई पुनर्जीवित गर्ने आदि जस्ता विषयहरूलाई हाम्रो पार्टीले घोषणा पत्रमा सामेल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *