गोरामुमोद्वारा जीटीए चुनाउ बहिष्कार गरिदिन अपील

Spread the love

खरसाङ, 05 जून । गोरामुमो सोनादा एकाइले जीटीए चुनाउ बहिष्कार गरिदिन अपील गरेको छ। गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा आज सम्पन्न सभामा जीटीए चुनाउको विरोध गर्दै यो चुनाउ जाति विरोधी र माटो विरोधी रहेको प्रस्ताव पारित गरिएको छ।

सभापछि गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले जीटीए व्यवस्थाको विरोधमा संस्थापक अध्यक्ष सुवास घिसिङले उच्च न्यायलयमा मुद्दा दर्ता गरेको र वर्तमान अध्यक्ष मन घिसिङले पनि उच्च न्यायलयमा मुद्दा दर्ता गराएको बताए। उच्च न्यायलयले आगामी 21 जूनको दिन जीटीएको चुनाउ र यसको चैधानिकतामाथि सुनवाइ गर्ने उनले जानकारी गराए।

उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले चुनाउ जितेपछि जीटीए सभामा गोर्खाल्याण्ड निर्माण कमिटी बनाउने प्रस्ताव ल्याउनेछु भनी गरेको दाबीको खण्डन गरे। जीटीएको सम्झौतामा जीटीए गोर्खाल्याण्डको वाधा होइन भनी लेखिएको छ भनी दिएको बयानलाई चुनौती दिॅंदै उनले सम्झौतामा दार्जीलिङ, तराई र डुवर्सको भूभाग बंगालको अभिन्न अंग हो भनेर पनि लेखिएको छ भनी बताए।

उनले जीटीएको चुनाउ गराउनु भनेको गोर्खा विरोधी रहेको बताउॅंदै यो चुनाउ जनताको आंकाक्षा विरुद्ध पनि रहेको बताए। उनले गोर्खाहरुको निम्ति स्थायी राजनैतिक समाधान हुन्छ भनेर केन्द्रिय गृहमन्त्रीले भनिसकेपछि गोर्खाहरूले न्याय नपाओस् भनेर बंगाल सरकारले ठूलो षडयन्त्र गरिरहेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *