जीटीए चुनाउ: दार्जीलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टिबाट बिनय तामाङ बिजयी
दार्जीलिङ, 29 जून। जीटीए चुनाउमा दार्जीलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टिबाट तृणमूल कांग्रेस प्रार्थी बिनय तामाङले जित हासिल गरेका छन्। उनले भागोप्रमो र हाम्रो पार्टीका प्रार्थीहरूलाई पराजित गरेर जित हासिल गरेका छन्। आफ्नो जीतपछि पत्रकारहरूसित कुराकानी गर्दै तामाङले जितको लागि समष्टिका सबै जनतालाई धन्यवाद दिए।
उनले राज्यकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेसकी सुप्रिमो ममता ब्यानर्जी र पार्टी हाई कमान्डलाई पनि धन्यवाद दिए। तामाङले भने, यो जीत ऋषिहाट ब्लुमफिल्ड समष्टिको मात्रै होइन, तर सम्पूर्ण पहाड़ तराई डुवर्सको लागि हो। उनले आफ्नो चुनाउ घोषणा पत्रमा जमीनको अधिकार पनि रहेको बताउॅंदै जनताको जमीनको अधिकारको लागि कार्य गर्ने बताएका छन्।