भागोप्रमो प्रार्थी कल्पना प्रधानको पक्षमा चुनावी सभा सम्पन्न

Spread the love

खरसाङ, 09 जून । खरसाङ महकुमा अन्तर्गत लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकी प्रार्थी कल्पना प्रधानको पक्षमा समष्टिका विभिन्न क्षेत्रहरूमा चुनावी सभा सम्पन्न भइरहेका छन्। यसै क्रममा आज बन्दखेती बुथ नम्बर 226 मा एक चुनावी सभा सम्पन्न भयो।

सभालाई सम्बोधन गर्दै प्रार्थी कल्पना प्रधानले चुनाउमा पार्टीलाई जिताएर पार्टी अध्यक्ष अनित थापाको हात दह्रिलो बनाउने अनुरोध गरिन्। साथै उनले लङ्भ्यु बन्दखेतीमा भएको खेल मैदानलाई दार्जीलिङ क्षेत्रभरिकै एक स्तरीय खेल मैदान बनाउन सकिने मत राखिने। उनले विपन्न परिवारका विद्यार्थीहरुलाई आथिर्क सहयोग गर्ने पनि वचन दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *