खरसाङ, 05 जून । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले चुनावी प्रचारलाई तीव्रता दिँदै आज खरसाङ गिद्दे पहाड समष्टिले आयोजना गरेको कार्यक्रममा सहभागी बने। सभालाई सम्बोधन गर्दै अनित थापाले आजसम्म अनित थापाले पहाडको जिम्मेवारी बोकेर आएको बताए भने बिस्तारै अनित थापाले गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लैजाने छ भनी बताए।
उनले 2017 सालदेखि उनी र उनको समूहलाई गोर्खाल्याण्ड विरोधीको कलंक लाग्यो भन्दै अनित थापाले गोर्खाल्याण्डको मुद्दा उठाउनु सक्दैन भन्ने जुन भ्रम जनतामाझ फैलाइएको थियो आज त्यसलाई समाप्त गरेको दाबी गरे। उनले 2017 मा आफुले लिएको अडान सही रहेको र त्यसमाथि गर्व पनि रहेको बताए।
थापाले आगामी जीटीए चुनाउमा दुईवटा समष्टिबाट नामांकन पत्र भरेका छन्। उनले खरसाङ गिद्ध पहाड़ समष्टिमा आज आयोजित सभामा भने, अहिले पहाडका सबै नेताहरुकाे मुखमा पीपीएस मात्र छ, तर पीपीएस के हो कसैलाई थाहा छैन। स्थायी राजनैतिक समाधान भन्छन्, तर भन्नेलाई पनि थाहा छैन र दिनेलाई पनि थाहा छैन। उनले मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङको एउटा बैठकमा पीपीएसको खेस्रा बुझाउनु भनी आग्रह गरेको कुरा स्मरण गराउॅंदै गोर्खाको आकांक्षा गोर्खाल्याण्ड रहेकाले आफुहरूले पीपीएसमाथि काम नगरेको दाबी गरे।
उनले भने, गोर्खाल्याण्ड आन्दोलन गरेर, आगो लगाएर, हिंसा फैलाएर ल्याउने चीज होइन। जीटीएको चुनाउ सही मञ्च हो गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउने। गोर्खाल्याण्डको डायलग जीटीएबाट नै सुरु हुन्छ। गोर्खाल्याण्डको निम्ति बन्द हुनु पर्दैन, झमेला गर्नु पर्दैन।