लिङ्गी पायोङ माध्यमिक विद्यालय ग्रीन स्कूल पुरस्कार 2021-22 द्वारा सम्मानित

Spread the love

गान्तोक, 08 जून। दक्षिण सिक्किमको लिंगी पायोङ माध्यमिक विद्यालयले वर्ष २०२१-२२ को निम्ति ग्रीन स्कूल पुरस्कार प्राप्त गरेको छ। विश्व पर्यावरण दिवस २०२२ को अवसरमा राज्यका मुख्य मंत्री पिएस गोलेको वाहुलीबाट स्कूलका संचालक एम. एन. अधिकारीले यो पुरस्कार ग्रहण गरेका थिए।

राज्यको वन विभागले प्रदान गरेको हो पुरस्कार अन्तर्गत विद्यालयले ट्रफी, प्रमाणपत्र र एक लाख रूपैयाँको चेक प्राप्त गरेको थियो भने मुख्यमंत्रीले आफ्नो पक्षबाट थप एक लाख रूपैयाँ नगद राशी विद्यालयलाई प्रदान गरे। ग्रीन स्कूल अवार्डको लागि मनोनित गरेकोमा लिङ्गी पायोङ माध्यमिक विद्यालय परिवारले मुख्य मंत्री साथै सम्बन्धित विभागप्रति आभार व्यक्त गरेको छ।

 

फोटोः मुख्यमन्त्रीको बाहुलीबाट पुरस्कार ग्रहण गर्दै विद्यालय प्रभारी मेघनाथ अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *