पार्टी कार्यकर्तालाई वितरण गरिएका वाहनहरूमा सरकारी कोषको प्रयोग गरिएको छैन- मुख्यमन्त्री

पार्टी कार्यकर्तालाई वितरण गरिएका वाहनहरूमा सरकारी कोषको प्रयोग गरिएको छैन- मुख्यमन्त्री

Spread the love

मुख्यमन्त्री प्रेमसिंह तामाङले समय-समयमा राज्यका युवाहरूलाई वाहन वितरण गर्दै आइरहेका छन्। यस विषयमा विधायक डीआर थापाले प्रश्न उठाएका छन्।

दुई दिने विधानसभा अधिवेशनको आज दोस्रो दिन प्रश्नकालमा विधायक थापाले सरकारी कार्यक्रमहरूमा मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्रीले 53 वटा वाहन आफ्ना समर्थकहरूलाई वितरण गरेका छन् भनी बताए। मुख्यमन्त्रीले उक्त वाहनहरू सरकारी खजानाबाट खरीद गरिएको होइन भनी स्पष्टीकरण दिएका छन् भन्दै विधायक थापाले यदि त्यसो हो भने उक्त कोषको स्रोत के हो भनी प्रश्न राखे।

जवाफमा मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्री तामाङले 53 वटा वाहन सरकारी कार्यक्रममा आफ्ना समर्थकहरूलाई वितरण गरियो भन्ने कथन गलत रहेको बताए। उनले वाहनहरू खरीद गर्न राज्यको समेकित कोषबाट खर्च नगरिएको पनि स्पष्ट पारे।

पूरक प्रश्न राख्दै विधायक थापाले 2021 मा एसकेएम पार्टीका 28 कार्यकर्तालाई वाहन वितरण गरिएको दाबी गरे। उनले उक्त वाहनहरू कुन स्रोतबाट वितरण गरिएको हो भनी सदनमा प्रश्न राखे।

जवाफमा मुख्यमन्त्री तामाङले उक्त वाहनहरू शुभचिन्तकहरूले किनेर प्रदान गरेका हुन् भनी स्पष्टीकरण दिए। शुभचिन्तकहरूले उनकै हातबाट वाहन हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेको हुॅंदा आफुले केवल हस्तान्तरण गर्ने काम मात्र गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published.