शहीदका परिवारहरूलाई व्यवहारिक रुपमा हेर्न खाँचो छ: भुपेन गुरुङ

शहीदका परिवारहरूलाई व्यवहारिक रुपमा हेर्न खाँचो छ: भुपेन गुरुङ

Spread the love

खरसाङ, 07 जुलाई । गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रसार प्रचार सचिव भुपेन गुरुङले मणिपुरमा गएको पैह्रोमा परेर शहीद बनेका वीर जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले धेरै शहीदका परिवारहरुको आर्थिक अवस्था धेरै कमजोर रहेको बताउॅंदै ती परिवारहरुलाई व्यवहारिक रूपमा हेर्न खाँचो रहेको बताएका छन्।

उनले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, वर्तमान समयमा दिनहुँ शहीदका पार्थिव शरीर पहाडमा भित्रिरहेका छन्। सम्पूर्ण राजनैतिक दल, संघ-संस्थाहरुले शहीदका परिवारलाई भेटेर समवेदना प्रकट गर्ने र सान्तवना दिने कार्य गरिरहेका छन्। तर, आज के हामीले शहीदका परिवारहरुलाई सही न्याय दिलाउन सकेका छौं, उनले प्रश्न गरेका छन्।

उनले शहीदका परिवारहरूलाई न्याय दिन सकेका छैनौं भन्दै भनेका छन्, हाम्रो सही व्यवस्था छैन, हामी लथालिङ्ग छौं। अन्य राज्यहरुमा सही न्याय पाउँछन्, तर हामीले पाउन सक्दैनौं। अब हामी सबै एक भएर गोर्खा जातिको निम्ति संवैधानिक व्यवस्था, वित्तीय अधिकार, न्यायपालिका, कार्यपाल अधिकार, भूमिको अधिकार भएको व्यवस्था भित्र्याउन सबै एक हुनुपर्छ।

उनले वीर शहीदहरुको पार्थिव शरीर पहाड भित्रिरहेको समयमा सिलगढीमा गोर्खा विरुद्ध र्याली, जुलुस अनि नारा गर्दै विदेशीको आरोप लगाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। हामी कहिलेसम्म थिचोमिचोमा बस्ने भनी गुरुङले प्रश्न गरेका छन्। उनले अब समस्त गोर्खा जाति एक भएर जाति र माटोको उन्मुक्तिको निम्ति राज्य सरकार अनि केन्द्र सरकारलाई दबाउ दिनुपर्छ र जनताले पनि सही नेतृत्वहरु चयन गर्न सक्नुपर्छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published.