घुम जोरबङ्गलो कलेजमा अन्शन स्थलमै अध्यापन, विद्यार्थीहरूद्वारा विरोध

Spread the love

घुम, 23 मई। घुम जोरबङ्गलो महाविद्यालयमा शिक्षकहरूले अन्शन स्थलमा नै अध्यापन शुरू गरेका छन्। शिक्षकहरूले शिक्षालाई तिरस्कार गरेर होइन, शिक्षासँगै आन्दोलन पनि अघि बढाउने बताएका छन्। कोठाभित्र कक्षा चल्ने छैन, तर यसरी नै अव्यवस्थित रूपमा आफुहरूलाई राख्ने कार्य भए बजारमै भए पनि कक्षा सम्पन्न गर्ने शिक्षकहरूले बताएका छन्।

अर्कोतिर घुम जोरबङ्गलो कलेजका विद्यार्थीहरूले कक्षाको विरोध जनाएका छन्। केही क्षण कक्षा महाविद्यालयको प्राङ्गणमा नै शुरु भएपछि विद्यार्थीहरूले कक्षाको विरोध जनाए। उनीहरू पढ्न चाहेको, तर अध्ययनका लागि सही व्यवस्थापन नभएकोमा विद्यार्थीहरूले विरोध जनाउँदै कक्षा वहिष्कार गरे। सही व्यवस्थापन नभएसम्म कक्षा नगर्ने विद्यार्थीहरूको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *