सुपर मार्केटदेखि मन्टिभियट चौरास्तासम्म सड़क मरम्मतका लागि शिलान्यास

सुपर मार्केटदेखि मन्टिभियट चौरास्तासम्म सड़क मरम्मतका लागि शिलान्यास

Spread the love

खरसाङको वार्ड नम्बर 9, 11 र 12 सित जोडिएको सुपर मार्केटदेखि मन्टिभियट चौरास्ता पुग्ने रोडको मरम्मत कार्यका लागि शिलान्यास गरिएको छ। खरसाङ बजारको व्यस्त रोडहरूमध्ये एक मानिने मन्टिभियट रोडको मरम्मतका लागि आज खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास गरिएको छ।

खरसाङ बजारको सुपर मार्केटदेखि मन्टिभियटको चौरास्तासम्म पुग्ने 1.5 किलोमिटरको रोड खरसाङ इञ्जिनियरिङ विभागबाट मरम्मतको कार्य अब शुरु हुने भएको छ। भागोप्रमोका पदाधिकारीहरू र विभागीय अधिकारीहरूको उपस्थितिमा शिलान्यास सम्पन्न गरिये।

शलान्यास कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीका उप सभापति सन्दीप बलले खरसाङ बजारको जनसाधारणका लागि अनि चालकहरूको सुविधालाई ध्यानमा राख्दै जीटीए चिफ् अनित थापाले बजारको सुपर मार्केटदेखि मन्टिभियटको चौरास्तासम्म पुग्ने रोडको मरम्मत कार्य गरिदिएकोमा भागोप्रमो खरसाङ टाउन कमिटीको पक्षबाट आभार प्रकट गरे।

उनले यो रोड मरम्मत कार्य गर्नअघि यस रोडमा चल्ने सेण्डीकेटका चालकहरूसित पनि सभा बसेका थियौं भनी बताए। खरसाङ बजारको यो रोड मरम्मत गरिने भएकोमा यस क्षेत्रका चालकहरूले पनि जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिॅंदै यो रोड मरम्मत कार्य असल प्रकारले हुने कुरामा आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.