पूर्व विधायक दिपक कुमार गुरुङले दिए एसडीएफ पार्टीबाट राजीनामा

पूर्व विधायक दिपक कुमार गुरुङले दिए एसडीएफ पार्टीबाट राजीनामा

Spread the love

सोरेङ, 12 जून। एसडीएफ पार्टीका संस्थापक सदस्य एवं पूर्व विधायक दीपक कुमार गुरुङले आइतबार एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। हालमा उनी एसडीएफ पार्टीका पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी थिए। देन्ताम बेगा निवासी पूर्व विधायक गुरुङ तत्कालीन देन्ताम समष्टि (हालमा मानेबुङ-देन्ताम)-बाट 2004 सालमा निर्वाचित भएर सिक्किम विधानसभाका सदस्य बनेका थिए।

राजीनामा पत्रमा एसडीएफ अध्यक्षलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘धेरै लामो समयदेखि एसडीएफ पार्टीलाई मेरो जीवनको महत्त्वपूर्ण समय दिए, इमानदारी साथ पार्टीलाई सेवा र टेवा दिए। तर, इमानदारिताको मूल्य, मान्यता र मूल्यांकन अदेखा भएपछि यो मोडमा आएर मैले यो निर्णय लिए। उप्रान्त, आजदेखि पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी साथै पार्टीको सबै जिम्मेवारी पदसँगै प्राथमिक सदस्यताबाट राजिनामा गर्दैछु।’

पूर्व विधायक गुरुङ अब सत्तारूढ एसकेएम पार्टीमा सामेल हुने उनको करिबी सुत्रबाट थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published.