बागडोगरा हवाई अड्डाबाट विमान परिसेवा शुरू
सिलगढ़ी, 26 अप्रेल। बागडोगरा हवाई अड्डामा मंगलवारदेखि विमान परिसेवा सामान्य भएको छ। दुई सातासम्म हवाई अड्डा बन्द रहेपछि आजदेखि हवाई यातायात फेरि शुरू भएको छ। पहिलो फ्लाइट मंगलवार बिहान आठ बजी एयरपोर्टमा उत्रियो। विमान उत्रिनसाथ हवाई अड्डाका अधिकारीहरूले यात्रीहरूलाई पानीको बोतल र थपड़ीले बधाई दिए।
जानकारी अनुसार, मंगलवार 28 जोड़ी उड़ानहरूको संचालन गरिनेछ। वस्तुतः बागडोगरा हवाई अड्डालाई 11 अप्रेलदेखि 25 अप्रेलसम्म रन-वे को मरम्मतीको निम्ति बन्द गरिएको थियो। यद्यपि, यात्रीहरूको भनाई थियो, नयाँ रन-वे धेरै नै राम्रो छ।