एलन मस्क बने ट्विटरका मालि, 44 अरब डलरमा भयो सौदा

Spread the love

नयॉं दिल्ली, 26 अप्रेल। संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले अन्तत: सोशियल मिडिया साइट ट्विटर किनेको छ। एलन मस्कले 44 अरब अमेरिकी डलरमा ट्विटर किनेका छन्। यस अघि ट्विटर बोर्डले एल मस्कको अफर स्वीकार गरेको थियो। कम्पनीले अबेर राति उक्त जानकारी दिएको हो।

ट्विटर इंकले बताए अनुसार, इलेक्ट्रिक कार कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कसॅंग 44 अरब अमेरिकी डलर (लगभग 3368 अरब रूपियॉं) मा यो सौदा भएको हो। ट्विटरले ट्वीट गरेर भनेको छ, अधिग्रहण प्रक्रिया पूरा भएपछि यो निजी स्वामित्व भएको कम्पनी बन्नेछ। ट्विटरले यस डीलको घोषणा शेयरधारकहरूको लेनदेनको सिफारिश गर्ने बोर्डको बैठकपछि गरेको हो।

एलन मस्कले ट्वीट गरेर भनेका छन्, मलाई आशा छ कि मेरा सबैभन्दा खराब आलोचकहरू पनि ट्विटरमा रहिरहनेछन्, किनभने स्वतन्त्र अभिव्यक्तिको अर्थ यही हो। यस अघि मिडियामा 54.20 डलर प्रति शेयरको मूल्यमा ट्विटर एलन मस्कको हातमा जान सक्ने समाचार थियो।

उल्लेखनीय छ, टेस्लाका सीईओ एलन मस्कले यसै महिना ट्विटरमा 9.2 प्रतिशत हिस्सेदारी अर्थात लगभग 7.35 करोड़ किनेको थियो, जसपछि उनी सोशियल मिडिया कम्पनीका सबैभन्दा ठूलो शेयरधारक बनेका थिए। यसपछि, उनले ट्विटरलाई एउटा पत्र पठाएर कम्पनीका बांकी शेयरहरू पनि किन्ने प्रस्ताव राखेका थिए। उनले ट्विटर इंकको प्रत्येक शेयरको निम्ति 54.20 डलरको प्रस्ताव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *