डीपीएच एरियामा अज्ञात व्यक्तिद्वारा घरमा चोरी
गान्तोक, 24 मई। सदर थाना क्षेत्र अन्तर्गत डीपीएच एरियामा एक व्यक्तिको घरमा चोरी भएको छ। पीड़ित व्यक्ति मूलरूपमा खामदोङ निवासी हुन् भने यहॉं किरायको घरमा बस्दै आएका छन्।
पुलिस अनुसार, केही अज्ञात व्यक्ति (हरू) ले 21 र 22 मई राति पीड़ित व्यक्तिको घरबाट लाखौं रूपियॉंको आभूषण चोरी गरेको छ। आरोपितहरूले सूनको तिलहरी, सूनको ब्रेसलेट, सूनको चेन, सूनको औंठी र चॉंदीको चेन चोरी गरेको आरोप छ। यस अतिरिक्त दस हजार नगद पनि चोरी गरिएको बताइएको छ।
पुलिसले अज्ञात आरोपित (हरू) विरूद्ध आईपीसीको धारा 448/380 अन्तर्गत मुद्दा दर्ता गरेर छानबिन गरिरहेको छ।-हिस