चिया कमानबाट बाइसनको तीन शव उद्धार

Spread the love

जलपाईगढ़ी, 20 अप्रेल। वन विभागले मोराघाट रेञ्ज अन्तर्गत खुट्टीमारी बिटको सीएमजी 12 कम्पार्टमेन्ट एवं हल्दीबाड़ी चिया कमान चार नम्बर सेक्शनबीचबाट बुधवार तीन वटा बाइसनको शव उद्धार गरेको छ। जसमा दुई शावक र एक मादा बाइसन सामेल छ। अहिले मृत्युको कारण अबेर राति आकाशीय बिजुली झर्नुलाई बताइँदैछ।

यस सम्बन्धमा मोराघाट रेञ्जका रेन्जर राजकुमार पालले भने, ‘बिहान चिया कमानबाट हल्दीबाड़ी र मोराघाट जंगलबीच खाली ठाउँमा तीन वटा बाइसन मरेको देखिएको सूचना प्राप्त भयो। यसपछि वनकर्मी घटनास्थलमा पुगे औं तीनै बाइसनको शव उद्धार गरे। पोस्टमार्टमपछि मात्र मृत्युको कारण स्पष्ट हुनेछ’।-हिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *