Spread the love
दार्जीलिङको चुङथुङ अन्तर्गत 86 चन्द्रपालधुरा निवासी बिनय सुब्बाको घरमा राति आगालागी हुँदा घर जलेर स्वाहा भएको छ। उक्त घटनाको कारण स्पष्ट भएको छैन। घटनाको समय घरमा कोही नभएको बताइएको छ।
उक्त घटनामा अहिलेसम्म कसैलाई कुनै प्रकारको चोटपटक तथा मानव क्षति भएको थाहा लागेको छैन। तर आगलागीमा घर भने जलेर स्वाहा भएको छ। उक्त घटनाको खबर पाउनासाथ क्षेत्रीय सभासद सन्दिप छेत्री घटनास्थलको निरीक्षण गर्न पुगेका थिए। उनले आफ्नो तर्फबाट अनि जीटिएको पक्षबाट सहयोगको आश्वासन दिएका छन्।