हामी जीटीए चुनाउको पक्षमा छौं र जीटीए चुनाउमा भाग पनि लिनेछौं: माकपा

हामी जीटीए चुनाउको पक्षमा छौं र जीटीए चुनाउमा भाग पनि लिनेछौं: माकपा

Spread the love

दार्जीलिङ, 21 मई । माकपाले जीटीए चुनाउ हुनुपर्छ र माकपाले जीटीएमा चुनाउमा भाग लिनेछ भनी आफ्नो अडान स्पष्ट पारेको छ। आज माकपा, दार्जीलिङ जिल्ला कमिटीको सभा दार्जीलिङमा सम्पन्न भयो। उक्त सभामा माकपाले आगामी चुनाउलाई मध्य नजर राख्दै पार्टीको अडान स्पष्ट गर्न चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै माकपाको पूर्व सांसद एवं माकपाको दार्जीलिङ जिल्ला सचिव समन पाठकले माकपा जीटीए चुनाउको पक्षमा रहेको बताए। उनले अहिलेको अवस्थामा यही थोत्रे जीटीए नै भए पनि प्रशासक राखेर चलाउँदा जनताको भागीदारी हुँदैन, त्यसैले जनताको भागीदारी गर्नलाई र लोकतान्त्रिक प्रक्रिया चालू गराउनलाई पनि जीटीए चुनाउको माग गर्दछौं भनी बताए। पाठकले हामी अरु पार्टी जस्तै चुनाउमा भाग लिदैनौं भनेर भन्दैनौं, तर चुनाउमा भाग लिनेछौं भनी बताए।

पाठकले अघि भने, ‘दार्जीलिङ पहाड़मा अहिले क्षेत्रीय पार्टीहरूको अस्तित्व नै छैन, कारण यहाँ राष्ट्रिय पार्टी भाजपाले खेलाउँदैछ कि त तृणमूलले खेलाउँदैछ। पहाड़मा सबैले भ्रमको राजनीति गरिरहेको छ र भ्रमदेखि बाहिर निस्केर रियालिटीमा राजनीति गर्नुपर्छ। हामी वास्तविक रुपमा राज्यभित्रकै अटोनोमस चाहन्छौं।’

माकपा नेता केबी वातरले भने, हामी जीटीएको लागि होइन, तर पहाड़मा लोकतन्त्र बहालीको लागि चुनाउको समर्थन गर्छौं। उनले पहाड़ अहिले जनप्रतिनिधि शुन्य रहेको छ। जनताले चुनेका जनप्रनिधिहरूले जीटीए चलाएको हुनुपर्छ, नत्र कोलकोताले मनोनित गरेको प्रशासक राखेर जीटीए चलाउनु भनेको लोकतन्त्रमा सोझै हमला हो। वातरले दार्जीलिङ पहाड़मा लोकतान्त्रिक प्रक्रिया शुरू गर्न चुनाउ हुन आवश्यक छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published.