Spread the love
गान्तोक, 29 जून। सिक्किममा कोरोना संक्रमणको मामिला बढ्न थालेको छ। बुधवार कोरोनाको 6 नयॉं मामिला पुष्टि भएको छ भने एकजना संक्रमितको मृत्यु पनि भएको छ। यसको संक्रमणबाट एकजना निको भएर सामान्य जीवनमा फर्किए।
राज्य स्वास्थ्य विभाग अनुसार, मंगलवार कूल 172 जनाको नमूना जॉंच गरियो, जसमा 6 जनामा संक्रमण पाइयो। संक्रमितहरू सबै पूर्व सिक्किमबाट रहेका छन्। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या बढ़ेर 26 पुगेको छ।
लामो समयको अन्तरालपछि कोरोनाले कुनै संक्रमितको मृत्यु भएको छ। यसका साथै राज्यमा मृतकहरूको संख्या बढ़ेर 454 पुगेको छ। यसैगरी, राज्यमा कोरोनाबाट संक्रमित बन्ने मानिसहरूको कूल संख्या 39 हजार 224 पुगेको छ भने अहिलेसम्म 37 हजार 989 जना निको भइसकेका छन्।