नयाँ दिल्ली, 29 जून। कांग्रेस महासचिव जयराम रमेशले पार्टी नेता मनीष तिवारीको त्यस लेखबाट आफूलाई अलग गरेका छन्, जसमा तिवारीले अग्निपथ योजनाको समर्थन गरेका थिए। कांग्रेस सांसद तिवारीले एक अंग्रेजी समाचार पत्रमा आफ्नो लेखमा स्वीकार गरेका थिए, ‘अग्निपथ’ योजना रक्षा सुधारहरू र आधुनिकीकरणको व्यापक प्रक्रियाको हिस्सा हो।
तिवारीको यस लेखबाट कांग्रेसले आफूलाई अलग गरेको छ। यस मुद्दामा जयराम रमेशले बुधवार ट्वीट गरे, ‘कांग्रेस पार्टी अग्निपथ योजनाको विरोध गर्दछ। यो योजना युवाहरू र राष्ट्र हितमा छैन। यस्तोमा मनीष तिवारीले यस मुद्दामा जे पनि लेखेका छन्, त्यो उनको निजी विचार हो। उनका विचारहरूसित कांग्रेस पार्टीको कुनै सरोकार छैन’। जयराम रमेशको ट्वीटमा प्रतिक्रिया दिँदै मनीष तिवारील लेखे, ‘मेरो लेखमा स्पष्ट छ कि यो मेरो निजी विचार हो। शायद जयराम रमेशले लेखलाई अन्तिमसम्म पढ़ेको भए उनले बुझ्नेथिए होला’।
उल्लेख्य, गत केही दिनअघि युवाहरूलाई सेनामा चार वर्षसम्म सेवा दिने उद्देश्यले केन्द्र सरकारले अग्निपथ योजना लिएर आएको छ। जसको कांग्रेस सहित विपक्षी दलहरूले विरोध गरिरहेका छन्।