राज्यमा स्थापित कम्पनिहरूले सिक्किमको भावनालाई ध्यानमा राखेर काम गर्नुपर्छः मुख्यमन्त्री

राज्यमा स्थापित कम्पनिहरूले सिक्किमको भावनालाई ध्यानमा राखेर काम गर्नुपर्छः मुख्यमन्त्री

Spread the love

गान्तोक, 13 जून। राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल), नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) लगायत राज्यमा स्थापित सबै कम्पनिहरूले सिक्किमको भावनालाई ध्यानमा राखेर काम गर्नुपर्नेछ। सिक्किम सरकारले कोभिड 19-को समय कुनै पनि कम्पनीलाई घाटा हुन दिएन। सिङताम आदर्श गाउँस्थित श्री श्री सिद्धी देवी मन्दिर उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यो वक्तव्य दिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, कम्पनीले कानूनी तवरमा जनकार्य गर्नुपर्छ। सिक्किमे जनता अन्य राज्यका सरह छैनन्। राज्य सरकार एनएचपीसी र एनएचआईडीसीएल जस्ता कम्पनीको हितमा छ, त्यसैले कम्पनीहरूले सिक्किमे जनताको हितमा काम गर्नुपर्छ। कम्पनीले एमओयू र कानूनी रूपमा काम नगरे हामी यो मामिला जनतालाई छोड़ीदिनेछौं।

आदर्श गाउँको विकासमाथि बोल्दै मुख्यमन्त्री तामाङले भने, यस स्थानमा पूर्व सरकारले कुनै पनि विकासको कार्य गरेन। यहाँका नागरिकले वर्षाको समयमा टिस्टा नदीका कारण रातिनै घर छोड़ेर भाग्नु पर्छ। यस विषयमा केन्द्र सरकार समक्ष 13 करोड़ रुपियाँको परियोजनामाथि रिपोर्ट पनि बझाइएको छ, जुन केन्द्रमा विचाराधीन छ। राज्य सरकारले यहाँको समस्या समाधानका लागि आगामी सिक्किम विधानसभा सत्रमा 5 करोड़ रूपियाँ अनुमोदन गर्नेछ।

आदर्श गाउँको सड़क र ड्रेनेज सिस्टममाथि बोल्दै मुख्यमन्त्रीले भने, यो सड़क राज्य सरकारको अधीनमा छ भने सरकार यसलाई बनाउनका लागि तयार छ। यसका साथै सिङताम बाज़ार विकासका लागि ‘सिङताम विकास निकाय’ बनाउने मन्त्री बीएस पन्तको सुझाउलाई पनि मुख्यमन्त्रीले स्वीकार गर्नुभयो। यसबाहेक उनले श्री श्री सिद्धी देवी मन्दिर परिसरमा पार्क निर्माण, वाहन बिसौनी निर्माण लगायत पुलिस आउटपोस्ट स्थापना गर्ने जानकारी उनले दिए।

सिङताम बाजार विकासलाई लिएर मुख्यमन्त्री तामाङले भने, सिङताममा 300 पलङयुक्त अस्पताल निर्माण गरिँदैछ। 500 करोड़ रूपियाँको लागतमा निर्माण हुने यो अस्पतालको शिलान्यास कार्यक्रममा देशका प्रधानमन्त्री, गृह मन्त्री तथा केन्द्रिय स्वास्थ्य मन्त्री मध्ये एकजनालाई आमन्त्रित गरिनेछ। यसका साथै खामदोङमा निर्माण हुने एनआईटी-को पनि केन्द्रिय मन्त्रीको बाहुलीद्वारा आधारशिला राखिनेछ। यसबाहेक नाम्ची जिल्लाको तिमी चिया बगानमा कार्यरत श्रमिकहरूका निम्ति तीसवटा फ्ल्याट निर्माण गरेर उनीहरूलाई सुम्पिने पनि बताए।

कार्यक्रमलाई सम्बोधन दक्जै तिमृनामफिङ क्षेत्र विधायक तथा पर्यटन मन्त्री बीएस पन्तले भने, आदर्श गाउँका जनता वर्षाको समय रातभरि सुत्न पाउँदैनन्। यहाँको समस्या ब्रह्मपुत्र परियोजनाअन्तर्गत समाधान गर्न केन्द्रमा प्रस्ताव दिइसकिएको छ, जुन विचाराधीन छ। उनले भने, आदर्श गाउँमा सड़क निर्माण गरिरहेको कम्पनी एनएचआईडीसीएल-का कारण स्थानीयवासीलाई अन्याय भएको छ। कम्पनीले राज्यका मुख्य सचिव, दक्षिण जिल्लाका जिल्लापाल लगायत कुनै पनि अधिकारीको कुरा सुनिरहेको छैन।

उल्लेख्य छ, आज मुख्यमन्त्रीद्वारा उदघाटन गरिएको मन्दिर 4 करोड़ 85 लाख रूपियाँको लागतमा निर्माण गरिएको हो। मन्दिर निर्माण कार्य वर्ष 2005-मा शुरू गरिएको थियो, तर विभिन्न समस्याका कारण यसलाई पूरा गर्न सकिएको थिएन। मन्दिर समितिले जानकारी दिएअनुसार पूर्व सरकारले पनि मन्दिर निर्माणमा केही धनराशि दिएको थियो, जुन धेरै कम थियो। समितिले यस क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा विकसित गर्ने फसेला लिएको छ।

Leave a Reply

Your email address will not be published.