मुख्यमन्त्रीले गरे पावर ग्रीड र एनएचआईडीसीएलका अधिकारीहरूसॅंग उच्च स्तरीय बैठक

मुख्यमन्त्रीले गरे पावर ग्रीड र एनएचआईडीसीएलका अधिकारीहरूसॅंग उच्च स्तरीय बैठक

Spread the love

मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलवार चिन्तन भवनको सम्मेलन हलमा एनएचआईडीसीएलका अधिकारीहरू र राज्य हित धारकहरूसॅंग आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गरे। बैठकमा सिक्किम सरकारका मन्त्रीहरू, राज्य प्रशासनका उच्च पदस्थ अधिकारीहरू, पुलिस अधिकारीहरू र एनएचआईडीसीएलका प्रतिनिधिहरू उपस्थित थिए।

मुख्यमन्त्री तामाङले राज्यमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगतिको समीक्षा गरे। यस अवधि भूमि अधिग्रहण मामिला, जारी परियोजनाहरूको प्रगति, प्रस्तावित परियोजनाहरू, स्वामित्व विवाद र मध्यस्थता, सम्भावित वित्तीय हस्तक्षेपहरू आदि विषयमाथि चर्चा गरियो। उनले राज्यमा पूर्वाधारहरूको विकासका लागि केन्द्र र राज्य एकाईबिच समन्वयको महत्वमाथि बल दिए।

मुख्यमन्त्रीले गान्तोक, पाकिम, नाम्ची र गेजिङका जिल्लापालहरूसॅंग अन्तरक्रिया गर्दै सड़क निर्माण कार्यहरूको प्रगतिबारे जानकारी लिए। राज्यमा केन्द्रिय एकाईहरूले अपनाएको दृष्टिकोणबारे जानकारी लिॅंदै उनले समयबद्ध तरिकामा काम गर्न सुझाउ दिए। बैठकमा सड़क निर्माण, क्षतिपूर्ति पाएका घरबाट गैर-निकासी, प्रकृतिको सुरक्षा आदि जस्ता विषयहरूमाथि पनि चर्चा गरियो।

मुख्यमन्त्रीले क्षतिपूर्तिका लागि अधिकारीहरूलाई क्षतिग्रस्त क्षेत्रहरूको निरीक्षण गर्न निर्देश दिए। उनले एनएचआईडीसीएललाई पनि आवश्यकता अनुरूप पहल गर्न लगाए। उनले राज्यमा राष्ट्रिय राजमार्गहरू समयमा पूरा गर्न निगरानी कार्यलाई तीव्र बनाउन निर्देश दिए।

बैठकलाई मुख्य सचिव बीवी पाठक, शहरी विकास विभागका मुख्य अभियन्ता शैलेन्द्र शर्मा आदिले पनि सम्बोधन गरेका थिए।

 

पावर ग्रीड करपोरेशन अफ इण्डियासँगको बैठक

मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पावर ग्रीड करपोरेशन अफ् इण्डियासॅंग उच्चस्तरीय बैठकको अध्यक्षता गरे।

चिन्तन भवनमा आयोजित बैठकमा सिक्किम सरकारका मन्त्रीहरू केएन लेप्चा, एमएन शेर्पा, बीएस पन्त, राज्यका मुख्य सचिव, वन विभागका पीसीसीएफ, जिल्लापालहरू, पुलिस अधीक्षकहरू आदि पनि उपस्थित थिए। यसै गरी, पावर ग्रीडको तर्फबाट सीएमडी के. श्रीकान्त र उनको टीम उपस्थित थियो।

बैठक आयोजन गर्नुको उद्देश्य सिक्किममा प्रसारण तथा वितरण प्रणाली सुदृढ़ बनाउन व्यापक योजनामाथि चर्चा गर्नु रहेको थियो। बैठकमा डिजाइन/अभियान्त्रिकी, टेण्डर, कार्य कार्यान्वयन, परीक्षण एवं कमीशनिङ आदि जस्ता विषयहरूमाथि चर्चा गरियो।

यसै गरी, उर्जा विभागको जिम्मेवारी जस्तै नयॉं सब्-स्टेशनको निम्ति भूमि अधिग्रहण, क्लियरेन्सको सही तरिका, प्रशासनिक अनुमोदन, कानून एवं व्यवस्था आदि विषयहरूमा पनि चर्चा गरियो।

बैठकमा मुख्यमन्त्री तामाङले गान्तोक, मंगन, नाम्ची, गेजिङ र सोरेङ जिल्लाका जिल्लापालहरूसॅंग परियोजना लाइन र कार्य स्थितिहरूबारे चर्चा गरे। बैठकमा प्रतिभागीहरू विभिन्न मुद्दाहरू उठाए भने मुख्यमन्त्रीले यसको मैत्रीपूर्ण समाधानको निम्ति सुझाउ राखे। उनले सम्बन्धित अधिकारीहरूलाई राज्यमा पावर ग्रीड सम्बन्धित मामिलाहरूलाई सम्बोधन गर्न अनि चॉंडोभन्दा चॉंडो कार्य कार्यान्वयन गर्न निर्देश दिए।

Leave a Reply

Your email address will not be published.