12औं छोग्याल पाल्देन थोण्डुप नाम्ग्यालको जन्म शतवार्षिकी वर्षव्यापी रूपमा मनाइने

12औं छोग्याल पाल्देन थोण्डुप नाम्ग्यालको जन्म शतवार्षिकी वर्षव्यापी रूपमा मनाइने

Spread the love

पाल्देन थोण्डुप नाम्ग्याल वर्तमान सिक्किम निर्माणका वास्तुकार हुन्- किरण रसाइली

सिक्किमका 12औं छोग्याल थोण्डुप नाम्ग्याल

गान्तोक, 19 मई। सिक्किमका 12औं छोग्याल पाल्देन थोण्डुप नाम्ग्यालको जन्म शतवार्षिकी वर्षव्यापी कार्यक्रम आयोजन गर्ने नाम्ग्याल इन्स्टिट्यूट अफ तिब्बतोलजी (एनआईटी)-का सचिव पी.डब्ल्यू रिञ्जिङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। उनको जन्म शतवार्षिकी 22 मई 2022-को दिन पालन गरिँदैछ। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, पूर्व राजाको जन्म शतवार्षिकीलाई चार भागमा विभाजित गरिएको र साल भरि विभिन्न कार्यक्रम प्रस्तुत गरिने बताए। उनले बताए अनुसार पूर्व राजा एनआईटी-मा 18 सालसम्म अध्यक्षको पदमा रहेका थिए। सिक्किम भारत विलय भएपछि 1975 देखि एनआईटीका अध्यक्ष राज्यका राज्यपाल एनआईटीका अध्यक्ष रहँदै आएका छन्।

यसरी नै आफ्नो सम्बोधनमा आयोजन समितिका समन्वयक किरण रसाइलीले भने, पूर्व राजा वर्तमान सिक्किम निर्माणका एक वास्तुकार थिए। उनले राज्यको आर्थिक स्थितिमा सुधार ल्याउन तिमी चिया बगान, सिक्किम नेशनलाइज ट्रान्स्पोर्ट (एसएनटी) सिक्किम राज्य ब्याङ्क (एसबीएस), नाम्ग्याल इन्स्टिट्यूट अफ तिब्बतोलोजी (एनआटी), सिक्किम ज्वेल्स, माइक्रो जल विद्युत परियोजना आदि स्थापित गरेका थिए। उनले दिएको जानकारी अनुसार सालभरी चल्ने यस महोत्सवको पहिलो भागमा साहित्यिक कार्यक्रम, दोस्रो भागमा चित्रकला अनि कला, तेस्रो भागमा राज्यका विभिन्न सांस्कृतिक अनि धार्मिक कार्यक्रम र अन्तिममा चरणमा भने 6वटै जिल्लामा विभिन्न कार्यक्रमहरू गरिनेछ।

यसरी नै आफ्नो सम्बोधनमा पुराना ब्यापारी समुदायका एसके सारदाले भने, हामी हामी साल 1880-मा सिक्किम आएका हौं। हामी यहाँ साल 140 सालसम्म बस्ने ब्यापारी वर्गका सबैभन्दा पुराना परिवार हौं। आगामी 22 मई हाम्रो निम्ति सबैभन्दा ठूलो दिन हो। किनकी तत्कालीन राजाले 26 अप्रेल 1975 अघि सिक्किम आएका ब्यापारीहरूलाई सहयोग र न्याय दिएको छ।

यसरी नै नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष रुद्र पौड्यालले भारत सिक्किम विलय हुनुभन्दा अघि नै सिक्किमे जनताको निम्ति सिक्किम सब्जेक्टको परिकल्पना गर्ने राजा थिए। उनले राज्यका नागरिकहरूलाई जात, धर्म अनि वर्गमा विभाजित नगरी समान सिक्किम सब्जेक्ट प्रदान गरेका थिए। राज्यमा एनआईटी स्थापना गर्नको उद्देश्य चीनीयाँ अतिक्रमणा तिब्बती भाषामा उल्लेखित सम्पूर्ण साहित्यिक ग्रन्थहरूलाई सुरक्षित राख्ने उद्देश्यले एनआईटी स्थापना गरिएको हो। यसरी नै नालान्दा विश्वविद्यालयमा जलेका संस्कृत र पाली भाषाका पुस्तकहरूलाई पहिले नै तिब्बती भाषामा अनुवाद गरिएको थियो जसका प्रति यहाँ पाइन्छन्। उनले सिक्किम भौगोलिक आधारमा परिवर्तित भएपनि सिक्किमका राजाले दिएको योगदान बिर्सन सकिँदैन भनेका छन्।

उल्लेख गरिन्छ, एनआईटी तिब्बती नेता तथा बौद्ध धर्म गुरु दलाई लामाले साल 1957-मा यसको आधारशिला राखेका थिए। यसका साथै भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले साल 1958मा एनआईटीको उद्घाटन गरेका हुन्।

Leave a Reply

Your email address will not be published.