मुख्यमन्त्री तामाङले राजधानीमा ‘खस भवन’ को आधारशिला राखे
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको पुरानो सदर थाना परिसरमा खस भवनको विधिवत रूपमा आधारशिला राखेका छन्।
यस अवसरमा उनकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, विभिन्न विभागीय अधिकारीहरू तथा अन्य गणमान्य जनहरूको उपस्थिति रहेको थियो।
खस भवन पुनः डिजाइन गरेर प्रारम्भिक अनुमानित क्षेत्रफल 2,600 वर्ग फुटबाट विस्तार गरिने जानकारी दिइएको छ। मुख्यमन्त्रीले खस भवन निर्माणका लागि 10 करोड़ रूपियॉं प्रदान गर्ने आश्वासन दिएका छन्।
प्रस्तावित खस भवन 5+1 तले हुनेछ भने यसलाई भुॅंइचालोरोधी बनाइने छ। भवन निर्माण गर्दा भिन्नै रूपले सक्षम मानिसहरूलाई पनि ध्यान दिइने बताइएको छ।