परमपावन कुञ्जाङ ड्रोडूल थाये रिम्पोछेको राज्यभिषेक समारोहमा मुख्यमन्त्री सहभागी

Spread the love

गान्तोक, 09 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङ बिहिवार रोङ्गे गुम्पामा परमपावन टुल्कु कुञ्जाङ ड्रोडूल थाये रिम्पोछेको राज्यभिषेक समारोहमा सहभागी बने। पारम्परिक राज्यभिषेक अनुष्ठान समारोह परमपावन कुञ्साङ टेन्पाई ग्याल्छेनद्वारा सम्पन्न गरियो। उनलाई धेरैले प्रेमपूर्वक रोङ्गे रिम्पोछे भनेर पनि बोलाउने गर्छन्।

परमपावन टुल्कु रिम्पोछेलाई परमपावन योगी फेरु रिम्पोछेको पुनर्जन्म भनेर परमपावन क्याब्जे लाचुङ रिम्पोछेले चिन्हित गरेका थिए भने स्व. परमपावन चौथो क्याब्जे ड्रोडूप्छेन रिम्पोछेले छोर्तेन गुम्पामा स्वीकृत गरेका थिए।

यसअघि, मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण राई इञ्चे गुम्पामा नवनिर्मित गुरु लाखाङको अभिषेकमा सहभागी बनेका थिए। यस अवसरमा गुरु रिम्पोछेको 1000 ससाना मूर्तिहरू पनि उद्घाटन गरियो। उक्त अनुष्ठान परमपावन कुछेन रिम्पोछे, परमपावन टिल्कु हिस्से दोर्जी रिम्पोछे, परमपावन पेमा कुण्डल रिम्पोछेले गरेका थिए। यस अवसरमा केबिनेट मन्त्रीहरू, विधायकगण तथा अन्य गणमान्य जन पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *