सरकारले मजदूरहरूको आधारभूत सुविधाहरूका लागि वकालत गर्दै आइरहेका छ: मुख्यमन्त्री
गान्तोक, 01 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले मजदूर दिवसको अवसरमा राज्यका श्रमजिवी वर्गका मानिसहरूमा न्यानो अभिवादन व्यक्त गरेका छन्। श्रमजिवी मजदूरहरूको परिश्रम, समर्पण र योगदानको कदर गर्दै मुख्यमन्त्रीले वर्तमान सरकार नयॉं नीतिहरू लागू गरेर मजदूरहरूका अधिकारहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी आफ्नो सन्देशमा भनेका छन्, हाम्रो पार्टी गठन भएदेखि नै हामीले निरन्तर राज्यका मजदूरहरूको स्थितिमा सुधारको निम्ति काम गरेका छौं, उनीहरूका आधारभूत सुविधाहरूका लागि वकालत गर्दै आइरहेका छौ। हाम्रो सरकार मजदूरहरूलाई चिकित्सा सुविधा र सहायता प्रदान गर्न प्रतिबद्ध छ।
मुख्यमन्त्रीले सिक्किम श्रम कानून 2021 विधानसभामा पारित गरेर संगठित अनि असंगठित क्षेत्रका मजदूरहरूको डाटा तयार गर्ने कार्य शुरू गरिएको जानकारी गराएका छन्। हिदुस्तान समाचार समाचार एजेन्सी अनुसार मजदूरहरूलाई राहत सामग्री वितरणग गर्न, वित्तीय सहायता प्रदान गर्न र कल्याण योजनाहरूको निम्ति लाभार्थी चयन गर्न सहयोग पुग्ने बताएका छन्। उनले मजदूर दिवसको अवसरमा सरकारले सबै जिल्लाबाट उत्कृष्ट काम गर्ने मजदूरहरूलाई सम्मान जनाउन बताएका छन्।-हिस
फाइल फोटो- मुख्यमन्त्री गोले