Spread the love
रायपुर/सुकमा, 25 अप्रेल। एकदिवसीय दण्डकारण्य बन्दको आह्वान अवधि नक्सलीहरूले सुकमा जिल्लाको कोंटादेखि 15 किलोमिटर टाड़ास्थित सरिवेल्ला गाउॅं छेउ अबेर राति कोंटाबाट हैदराबाद गइरहेको बसलाई रोकेर बसमा आगो लगाइदिए। यस अघि नक्सलीहरूले बसबाट सबै यात्रीहरूलाई निकालेका थिए।
बीजापुरमा पनि नक्सलीहरूले निकै उत्पात मचाएको छ। पामेड़ थाना क्षेत्रको धर्माराम क्याम्पमा फाइरिङ पनि गरेको छ। क्याम्पमा नक्सलीहरूले 5-6 ब्यारल ग्रेनेड लन्चरले हमला गरे। जवानहरूले पनि यस हमलाको कड़ा जवाफ दिएका थिए। लगभग 15-20 मिनटसम्म दुवैतिरबाट गोलीबारी चलेको थियो।
बीजापुर पुलिस अधीक्षक कमलोचन कश्यपले यस घटनाको पुष्टि गरेका छन्। भिडन्तमा कसैको ज्यानलाई क्षति पुगेको जानकारी प्राप्त भएको छैन्।-हिस