उत्तराखण्ड चारधाम यात्रामा 43 लाख 58 हजार 860 तीर्थयात्री धाम पुगेका छन्। चार धाममा केदारनाथसहित तीन धाम शीतकालको निम्ति कपाट बन्द भइसकेको छ। बदरीनाथ धामको कपाट 19 नोभेम्बरमा गरिने छ। बदरीनाथ धाम यात्रा सुचारू रूपमा चलिरहेको छ। धाममा चिसो बढ्नुका साथै सौसम सामान्य छ।
बदरीनाथ-केदारनाथ मन्दिर समिति अनुसार, बदरीनाथ धाममा 31 अक्टोबर रातिसम्म 3808 तीर्थयात्री दर्शनको निम्ति पुगे। 8 मईदेखि 31 अक्टोबर सॉंझसम्म 16 लाख 85 हजार 378 तीर्थयात्री धाम आइसकेका छन्। अहिलेसम्म चारैवटा धाममा 31 अक्टोबर सॉंझसम्म 43 लाख 58 हजार 860 तीर्थयात्री आएका छन्। केदारधाम, यमुनोत्री र गंगोत्रीको अक्टोबर महिनामा कपाट बन्द भइसकेको छ। अब केवल बदरीधामको कपाट खुल्ला छ।
केदारनाथ धामको कपाट 6 मईमा खोलिएपछि 27 अक्टोबरसम्म 15 लाख 63 हजार 278 जनाले दर्शन गरे। यसमा हेलकप्टरद्वारा 1 लाख 51 हजार 795 तीर्थयात्री पनि सामेल छन्। 31 अक्टोबरसम्म बदरीनाथ-केदारनाथ पुग्ने कुल तीर्थयात्रीहरूको संख्या 32 लाख 48 हजार 656 छन्।-हिस