कोकले पाठशालामा धरती मातालाई एक दिन कार्यक्रम पालन
गान्तोक, 07 जुलाई। पूर्व सिक्किमको कोकले प्राथमिक पाठशालामा राज्य सरकारको पर्यावरणमुखी पहल अन्तर्गत ‘धरती मातालाई एक दिन’ कार्यक्रम पालन गरियो। यस अवसरमा विद्यार्थीहरूलाई एकल प्लास्टिक प्रयोग विरुद्ध जागरूक गराउनको साथै सर-सफाई विषयमा जानकारी गराइयो। यसका साथै यो जानकारी गराइयो कि प्लास्टिक प्रयोगर्दा धरतीलाई हुने नोक्सान अनि प्लास्टिक प्रयोगमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विस्तारमा जानकारी गराइयो। शिक्षकहरूले विद्यार्थीहरूलाई प्लास्टिकले पुऱ्याउने नोक्सानीहरूमाथि जानकारी दिए। सफाई कार्यक्रम अन्तर्गत स्कूलका प्रधानाचार्य, शिक्षकगण लगायत स्कूले विद्यार्थीहरूका अभिभावकहरूले पनि सर-सफाई कार्यक्रममा भाग लिए।