बिजनेस20-ले ल्य़ायो सिक्किममा एक हजार करो़ड़ रुपियाँ निवेशको अवसर

Spread the love

16 मार्चमा सम्पन्न बी20-को सम्मेलनबाट सिक्किममा लगभग एक हजार करोड़ रुपयाँको निवेशको रूची आएको सिक्किम सरकारले जानकारी दिएको छ। सम्मेलनको समापन पछि शुक्रवार पत्रकार सम्मेलन आयोजन गरेर मुख्यन्त्री पीएस गोले रे मुख्य सचिव वीभी पाठकले बिहिबार सम्पन्न बी20 बाट सिक्किममा हरित ऊर्जा, आईटी, पूर्वाधार विकास, कौशल विकास, शिक्षा, कृषि, अन्तर्राष्ट्रीय हवाई सम्पर्क जस्ता विषयहरूमाथि निवेशको रूचि आएको जानकारी दिएका छन्।

सिक्किममा रहेको जल विद्युतको सम्भावनालाई ध्यानमा राख्दै नर्वेले यस क्षेत्रमा निवेशको रूची देखाएको छ भने यूएई-ले शिक्षाको क्षेत्रमा निवेश गर्न अनि नेपाल, भूटान र बङ्ग्लादेशले अन्तर्राष्ट्रीय हवाई सम्पर्कका निम्ति आफ्नो रुची देखाएको बताइएको छ। सम्मेलनमा जी20का 12 देश र अन्य 9वटा देशका प्रतिनिधि अनि विभिन्न अन्तर्राष्ट्रीय सङ्गठनहरूले भाग लिएका थिए।

उनीहरूले आईटी क्षेत्रमा लगभग 400 करोड़ रुपियाँको निवेशको रुची देखाएको र जलविद्युत उत्पादनको क्षेत्रमा एक सय करोड़ रुपियाँको रुची आएको सरकारले जानकारी दएको छ। बी20को बैठकले सिक्किमलाई तत्कालिक र दीर्घकालिन दुवै पक्षबाट फाइदा भएको मुख्यमन्त्री पीएस गोलेले बताए। यस बैठकमा सिक्किमका प्रत्येक विभागहरूले आफ्नो क्षमतालाई जी20 प्रतिनिधि समक्ष राखेको उनले जानकारी दिए।

सिक्किमले नयाँ औद्योगिक नीति बनाएका कारण बी20 सम्मेलनबाट आएको एक हजार करोड़ रुपियाँको निवेशको प्रस्तावलाई सरकारले सहजताका साथ अघि बढ़ाउन सक्ने मुख्यमन्त्रीको भनाइ छ। यस बाहेक जैविक उत्पादनमा पनि स्वीटजरल्याण्डले रुची देखाएको जानकारी दिँदै सिक्किमले जैविक उत्पादनको मात्रालाई बढ़ाउन सके पक्कै पनि फाइदा पुग्ने सरकारले विश्वास व्यक्त गरेको छ।

अर्कोतिर बी20 बैठक भारतीय उद्योग महासंघले आयोजन गरेका कारण सिक्किमले बिना कुनै खर्च राज्यलाई अन्तर्राष्ट्रीय मञ्चमा प्रदर्शन गर्ने अवसर पाएको र यसबाट सिक्किमको पर्यटन क्षेत्रलाई भविष्यमा व्यापक फायदा पुग्ने मुख्यमन्त्री गोलेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *