ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन दुई दिवसीय भ्रमणमा अहमदाबाद पुगे, भव्य स्वागत

ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन दुई दिवसीय भ्रमणमा अहमदाबाद पुगे, भव्य स्वागत

Spread the love

अहमदाबाद, 21 अप्रेल। ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन आफ्नो दुई दिवसीय भ्रमणमा बिहिवार अहमदाबाद पुगे। एयरपोर्टमा उनको भव्य स्वागत गरियो। राज्यपाल आचार्य देवव्रत र मुख्यमन्त्री भूपेन्द्र पटेल ब्रिटिश प्रधानमन्त्रीको स्वागतमा एयरपोर्ट पुगेका थिए। यस अवसरमा मन्त्री जगदीश विश्वकर्मा, अहमदाबादका मेयर किरीट परमार तथा अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

एयरपोर्टबाट ब्रिटिश प्रधानमन्त्री आश्रम रोडस्थित स्थानीय एउटा होटल पुगे। बारिस जनसनले अहमदाबाद प्रवासको शुरूवात गान्धी आश्रमबाट गर्नेछन्। उनी एयरपोर्टदेखि गान्धी आश्रमसम्म रोड शो गरेका थिए। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल पनि उनको काफिलामा सामेल थिए। ब्रिटिश प्रधानमन्त्रीको अभिनन्दन गर्न धेरै संख्यामा मानिसहरू सुभाष ब्रिज कलेक्टर कार्यालय पुगेका थिए।

ब्रिटिश प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अवधि निर्माणाधीन बीजीयूको पनि भ्रमण गर्नेछन्। गुजरात बायोटेक्नोलजी यूनिभर्सिटी, गुजरात सरकारको प्रमुख दुई परियोजना, एउटा प्रतिष्ठित गिफ्ट सिटीमा लगभग 200 करोड रूपियॉंको लागतमा आकार लिइरहेको छ।

उनको यात्राले दुवै देशबीच शिक्षा, स्वास्थ्य र प्रौद्योगिकीमा सहयोगमाथि केन्द्रित छ। बोरिस जनसन गुजरात बायोटेक्नोलोजी यूनिभर्सिटीमा निर्माणाधीन अत्याधुनिक अनुसंधान सुविधाहरूको पनि भ्रमण गर्नेछन् र जीबीयूको निम्ति शोधार्थीहरू, ल्याब तकनीशियन र फेकल्टी सदस्यहरूसॅंग चर्चा गर्नेछन्। प्रधानमन्त्री जनसन अनुसंधान र नवाचारको भविष्यका अवसरहरूमाथि चर्चा गर्नेछन्। यसै क्रममा उनी शान्तिग्राम सिटीमा उद्योगिपति गौतम अदानीसॅंग पनि भेट गर्नेछन्।-हिस

Leave a Reply

Your email address will not be published.