दार्जीलिङ पुलिसको आयोजनामा सोनादामा रक्तदान शिविर सम्पन्न
सोनादा, 18 जून। दार्जीलिङ पुलिसको तत्वावधानमा र सोनादा पुलिस आउट पोस्टको आयोजनामा सोनादामा रक्तदान शिविर सम्पन्न भयो। रक्तदान शिविरमा सोनादा र वरिपरिका 40 भन्दा अधिक मानिसले रगत दान गरेका छन्। यस अवसरमा दार्जीलिङ पुलिसका एएसपी सन्दीप कराई, सोनादा पुलिस आउट पोस्टकी ओसी बन्दना प्रधान, एएसआई फुर्बा पाख्रीन लगायत अन्यहरू पुलिस अधिकारीहरू उपस्थित रहेका थिए।
रक्तदान शिविर विषय पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ पुलिसका एएसपी सन्दीप कराईले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन र दार्जीलिङ पुलिसको तत्वावधानमा आज सोनादामा रक्तदान शिविरको आयोजना गरिएको बताए। उनले बिरामीहरूलाई आपतकालमा रक्त चाहिने हुन्छ भन्दै उनीहरूकै सेवाका लागि दार्जीलिङ पुलिसको तर्फबाट यो सानो योगदान रहेको बताए। उनले मानिसहरू सबैलाई रक्तदान गर्न प्रोत्साहित गरे।