बायोटेक स्टार्टअप एक्सपोले ‘आत्मनिर्भर भारत’ अभियानलाई बलियो बनाउनेछः प्रधानमन्त्री

Spread the love

नयाँ दिल्ली, 09 जून। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार बायोटेक स्टार्टअप एक्सपो-2022 यस क्षेत्रमा ‘आत्मनिर्भर भारत’ अभियानलाई बलियो बनाउनेछ भनेका छन्। उनले देशको पहियो बायोटेक स्टार्टअप एक्सपो देशमा बायोटेक क्षेत्रको व्यापक विकासको प्रतिबिम्ब हो भने।

प्रधानमन्त्री मोदी प्रगति मैदानमा बायोटेक स्टार्टअप एक्सपो 2022 को उद्घाटन सत्रलाई सम्बोधित गरिरहेका थिए। यस दुई दिवसीय कार्यक्रमको आयोजन बायोटेक्नोलोजी विभाग तथा बायोटेक्नोलोजी इन्डस्ट्री रिसर्च असिस्टेन्स काउन्सिल (बीआईआरएसी) द्वारा गरिन्दैछ। यो प्रदर्शनी बीआईआरएसीको स्थापना भएको 10 वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित भईरहेछ। यस प्रदर्शनीको थीम ‘बायोटेक स्टार्टअप इनोवेशन्स : आत्मनिर्भर भारतको दिशामा’ राखिएको छ।

प्रधानमन्त्रीले यस अवसरमा भने, गत आठ वर्षमा भारतको जैव-अर्थव्यवस्था आठ गुणा बढ़ेको छ। हामी 10 अरब डलरदेखि बढ़ेर 80 अरब डलरसम्म पुगिसकेका छौं। भारत, बायोटेकको वैश्विक पारिस्थितिकी तन्त्रमा शीर्ष 10 देशहरूको लीगमा सामेल हुनदेखि धेरै टाढ़ा छैन। विश्वमा हाम्रो आईटी पेशावरको स्किल र इनोवेशनलाई लिएर विश्वास नयाँ शिखरमा छ। यही विश्वास, यही प्रतिष्ठा, यस दशकमा भारतको बायोटेक क्षेत्र, भारतको बायो प्रोफेशनल्सको निम्ति भएको देखा परिरहेछ।

उनले भने, भारतलाई बायोटेकको क्षेत्रमा अवसरहरूको भूमि मानिन्दैछ। उनले यसको निम्ति मुख्य रूपमा पाँच कारण बताएका छन्। यसमा विविध जनसंख्या, विविध जलवायु क्षेत्र। प्रतिभाशाली मानव पूंजी पूल। भारतमा व्यापार गर्नमा सुगम दिशामा बढ़िरहेको प्रयास। भारतमा लगातार बढ़िरहेको जैव उत्पादहरूको माग र भारतको बायोटेक सेक्टरको सफलताहरूको ट्रेक रेकर्ड सामेल छ। गत आठ वर्षमा देशमा स्टार्ट-अप्सको संख्या, केही सयदेखि बढ़ेर 70 हजारसम्म पुगेको छ। यी 70 हजार स्टार्ट-अप्स लगभग 60 अलग-अलग इन्डस्ट्रीज़मा बनेका छन्। यसमा पनि 5 हजारभन्दा धेरै स्टार्ट अप्स, बायोटेकसित जुड़ेका छन्। बायोटेक सेक्टर सबैभन्दा धेरै माग संचालित क्षेत्रहरूमध्ये एक हो। बितेका वर्षहरूमा भारतमा ‘ईज अफ लिविङ’ को निम्ति जुन अभियान चलेको छ, यसले बायोटेक सेक्टरको निम्ति नयाँ सम्भावनाहरू बनाएको छ।

उनले भने, हालमा हामीले पेट्रोलमा इथनोलको 10 प्रतिशत ब्लेन्डिङको टारगेट हासिल गरेका छौं। बारतले पेट्रोलमा 20 प्रतिशत इथेनोल ब्लेन्डिङको टारगेट पनि 2030 देखि 5 वर्ष कम गरी 2025 गरेको छ। यी सबै प्रयासले बायोटेक क्षेत्रमा रोजगारको पनि नयाँ अवसर बनाउनेछ।

प्रधानमन्त्रीको साथ केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंह, पीयूष गोयल र धर्मेन्द्र प्रधान बायोटेक स्टार्टअप एक्सपो 2022 मा सामेल भए। यो प्रदर्शनी उद्यमीहरू, निवेशकहरू, उद्योग जगतका अग्रणी व्यक्तिहरू, वैज्ञानिकहरू, शोधकर्ताहरू, बायोइन्क्यूबेटर्स, विनिर्माताहरू, विनियामकहरू, सरकारी अधिकारीहरू आदिलाई कनेक्ट गर्नका लागि एक प्लेटफार्मको रूपमा काम गर्नेछ। प्रदर्शनीमा लगभग 300 स्टलको स्थापना गरिएको छ, जसमा अन्य क्षेत्रहरू बाहेक स्वास्थ्य देखरेख, जीनोमिक्स, बायोफार्मा, कृषि, औद्योगिक बायोटेक्नोलोजी, अपशिष्टबाट मूल्य, स्वच्छ ऊर्जा जस्ता क्षेत्रहरूमा बायोटेक्नोलोजीको उपयोगहरूलाई प्रदर्शित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *