सिलगढी, 05 जुलाई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय अध्यक्ष अनित थापा राज्यकी मुख्यमन्त्री ममता बनर्जीसॅंग बैठक गर्न कोलकाता प्रस्थान गरेका छन्। भोलि मुख्यमन्त्री ममता बनर्जीसॅंग बैठकमा भाग लिन थापा कोलकोता प्रस्थान गरेका छन्।
भागोप्रमो अध्यक्ष अनित थापा कोलकाता प्रस्थान गर्नअघि बागडोगरा हवाइ अड्डामा पत्रकारसॅंग बोल्दै भने, भोलि मुख्यमन्त्री ममता बनर्जीसॅंग बैठक छ। बैठकमा भाग लिन म कोलकाता जाँदैछु। उनले जीटीए चुनाउको जीतको खुशीभन्दा पनि चुनौती धेर रहेको छ भन्दै जीटीएको 45 जना सभासदलाई लिएर काम गर्नेछु भनी बताए। उनले भने, मलाई राजनीतिभन्दा पनि धेर पहाडको सम्वृद्धि हेर्नुछ।
पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा अनित थापाले भने, दिल्लीमा खुट्टा राख्नु सक्दैन भन्ने बयान अपरिप्वक्व बयान हो। शायद बयान दिने भाई अस्वस्थ होलान् र नै यस्तो केटाकेटीले जस्तो दिएको बयान दिइरहेका छन्। उनले अजय भाई चुनाउमा हारेर शायद डिस्टर्ब भएको जस्तो लाग्दैछ भन्दै पब्लिकले हामीलाई जनमत दिएको छ र जीटीएको चौकीमा बसेपछि सम्झौता अनुसार राज्य अनि केन्द्र दुवै पक्षसॅंग बात गर्न सक्छु भनी बताए।