नाकबाट रगत आउने समस्या छ ? नरिवल खानुहोस्

Spread the love

साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ ।

नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ । यसका फाइदा हुन्ः

पेट सफा बनाउँछ

तपाईको पेटमा कब्जियतको समस्या छ भने एक टुक्रा नरिवलको सेवनले तपाईंको पेट सफा हुन्छ ।

नाकबाट रगत आउने समस्या हटाँउछ

गर्मी महिनामा नाकबाट रगत आउने समस्या छ भने नरिवल र मिस्री एक साथ मिलाएर खानाले यो समस्या टाढा रहन्छ ।

उल्टी हुँदैन

नरिवलको एक टुक्रा महमा राखेर खानाले उल्टी हुने समस्यालाई हटाउने गर्दछ ।

छाला सफा गर्छ

गर्मी महिनामा घाममा हिँड्दा पहिल्लै नरिवलको तेल लगाउनुहोस्,जसले छाला तथा स्कीनलाई सफा गर्दछ । नरिवल पानीले अनुहार धुँदा डन्डीफोर तथा घाउ खटिरा निको हुन्छ ।-दैने

Leave a Reply

Your email address will not be published. Required fields are marked *