गान्तोक, 12 मार्च। भारत-चीन अन्तर्राष्ट्रीय सीमा क्षेत्रमा भएको भारी हिमपातले सिक्किम घुम्न आएका करीब 400 पर्यटक फसेका थिए। 100वटा वाहनमा सवार भएर 11 मार्चको दिन गान्तोकबाट छाङ्गू अनि नाथुला घुम्न गएका पर्यटकहरू फर्किने क्रममा व्यापक हिमपातको शिकार बने। हिमपातमा पर्यटकहरूका सबै वाहनहरू फसेको जानकारी छ। यहाँ फसेका सबै पर्यटकहरूलाई आइतबारको दिन सुरक्षित गान्तोक ल्याइ पुर्याइयो। पर्यटकहरूलाई त्यहाँबाट निकाल्न भारतीय सेनाको त्रिशक्ति कोर, नागरिक र सिक्किम पुलिसले ठूलो भूमिका निर्वाह गरेको जान्नमा आएको छ।

उक्त स्थानबाट पर्यटकहरूलाई सुरक्षित निकाल्न भारतीय सेना को त्रिशक्ति कोर, पुलिस अनि स्थानीय नागरिक प्रशासनले प्रमुख भूमिका निभाएको छ। भारतीय सेनाद्वारा जारी प्रेस बयानको अनुसार यस संयुक्त रूपमा चलाइएको अभियानलाई हिम राहत अपरेशन नाम दिइएको छ। यसको माध्यमबाट सबै पर्यटकहरूलाई सुरक्षित सेनाको छाउऩीमा पुऱ्याइयो। अपरेशन टोलीले 11मार्च रातिसम्म खटेर सबैलाई सुरक्षित राखेको थियो।
पर्यटकहरूलाई सुरक्षित सेनाको छाउनीमा लगेपछि सेनाको तर्फबाट उनीहरूलाई तातो कपडा, औषधि र खानेकुराको प्रदान गरिएको थियो। हिमपातका कारण 178 जना पुरुष, 142 जना महिला र 50 जना नानीहरू फसेका थिए। यस घटनालाई लिएर सेनाले ग्रेफका अधिकारीहरूसँग सम्पर्क गरेपछि बिहान 9 बजीसम्म सडक सफा गरियो र सबैलाई सुरक्षित गान्तोक ल्याइएको छ । पर्यटकहरूले पनि आफूहरूलाई सहयोग गरेकोमा भारतीय सेनाका जवानहरूप्रति आभार व्यक्त गरेका छन्।