गान्तोकमा एण्टी टेरोरिज्म डे पालन गरियो

Spread the love

गान्तोक, 23 मई । मुख्य सचिव एससी गुप्ताले आज टाशीलिङ सचिवालयस्थित सबै विभागका अधिकारीहरूलाई एण्टी टेरोरिज्म डे को शपत दिलाए।

एण्टी टेरोरिज्म डे प्रत्येक वर्ष 21 मईको दिन देशका पूर्व प्रधानमन्त्री राजी गान्धीको पुण्य तिथिमा मनाइन्छ। 21 मईको दिन सरकारी छुट्टी रहेकाले आज शपत दिलाइयो। एण्टी टेरोरिज्म डे आज सबै जिल्लापाल कार्यालय, सरकारी विभागहरू र सार्वजनिक क्षेत्रका उपक्रमहरूमा पालन गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *