अखिल सिक्किम सरकारी वाहन चालक संगठनको जिल्ला अभियान शुरू

Spread the love

गान्तोक, 19 जून । अखिल सिक्किम सरकारी वाहन चालक संगठनको जिल्ला अभियान आजदेखि पाकिम जिल्लाबाट शुरु भएको छ। संघका अध्यक्ष छोपेल दोर्जी भोटियाको नेतृत्वमा शुरु भएको जिल्ला अभियानमा महासचिव प्रदिप गौतम, उपाध्यक्ष सोमनाथ अधिकारी प्रमुख सल्लाहकार साङ्गे जाङ्पो भोटिया लगायत केन्द्रिय समितिका अन्य पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

जिल्ला अभियान अन्तर्गत आज पाकिम ग्राम प्रसाशन केन्द्रको सम्मेलन कक्षमा आयोजित समन्वय बैठक अवधि अखिल सिक्किम सरकारी वाहन चालक संघको 12 सदस्यीय जिल्ला समिति विस्तार गरिएको छ। पाकिम जिल्ला समितिमा बीबी सुब्बा-उपाध्यक्ष प्रभारी, पेमा ओङ्गेल भोटिया- महासचिव, डीबी गुरुङ- कोअडिनेटर, पासाङ शेर्पा- सल्लाहकार, सञ्जय सुब्बा- कोषाध्यक्ष, जेबी गुरुङ- प्रशासनिक सचिव, तारा शर्मा- कार्यालय सचिव, पासाङ तामाङ- कार्यालय सचिव रम्फू, नारायण सेवा- कार्यालय सचिव डुगा, पूरण तामाङ- कार्यालय सचिव रिगु, ललित सेवा- कार्यालय सचिव रङ्गेली, विनोद शर्मा कार्यालय सचिव रिनाक रहेका छन्।

केन्द्रिय समितिले नयाँ चयनित गरिएका जिल्ला समितिका सदस्यहरूलाई प्रमाण पत्र प्रदान गर्नसितै समितिको कार्य आरम्भ गर्नका लागि लेटर प्याड पनि हस्तान्तरण गरेको छ। आज आयोजित जिल्ला समन्वय बैठकलाई अखिल सिक्किम सरकारी वाहन चालक संघका अध्यक्ष छोपेल दोर्जी भोटिया, महासचिव प्रदिप गौतम, उपाध्यक्ष सोमनाथ अधिकारी, मुख्य सल्लाहकार साङ्गे जाङ्पो भोटिया र पाकिम जिल्लाका उपाध्यक्ष प्रभारी बीबी सुब्बाले सम्बोधन गरेका थिए।

यस अवसरमा पाकिम जिल्लाका विभिन्न स्थानबाट उपस्थित सरकारी चालक संघका सदस्यहरूलाई सारथी संगठनका सदस्य विशाल शर्माले नशालु पदार्थ तथा मादक पदार्थ जस्ता घातक वस्तुबाट सचेत रहने उपायबारे जागरूक गराए। पाकिमको कार्यक्रम पछि सङ्गठनका प्रतिनिधिले पूर्व उपाध्यक्ष रमेश छेत्रीसित शिष्टाचार भेट गरेर समितिमा उनले गरेको कार्य अनुभवबारे जानकारी लिएको महासचिव प्रदिप गौतमले प्रेस विज्ञप्तिमा दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *