अक्षय सचदेवले गरे कुपुप पुलिस चौकीको भ्रमण

Spread the love

गान्तोक, 26 मई। सिक्किम पुलिसका एसडीजीपी (कानून एवं व्यवस्था) अक्षय सचदेवले बिहिवार पूर्व सिक्किम अन्तर्गत कुपुप पुलिस चौकीको भ्रमण गरे। यस अवधि उनले चौकीमा तैनात पुलिसकर्मीहरूलाई पुलिसबाट व्यावसायिक अपेक्षाहरू, व्यक्तिगत विकास, शारीरिक स्वास्थ्य आदिबारे निर्देशन दिए।

पुलिस अधिकारी सचदेवले पुलिसकर्मीहरूलाई प्रतिबद्ध बनेर जन साधारणको निम्ति काम गर्न प्रोत्साहन प्रदान गरे। यस अतिरिक्त, उनले पुलिसकर्मीहरूको समस्याहरूबारे पनि जानकारी लिएका थिए। सचदेवले कुपुप क्षेत्रका स्थानीय मानिसहरूसॅंग पनि अन्तरक्रिया गरे र स्थानीय मानिसहरूको सेवामा पुलिसले गर्नुपर्ने सुधारहरूबारे जानकारी लिए।

यस अवसरमा स्थानीय मानिसहरूलाई साइबर क्राइम, बाल यौन शोषण आदि जस्ता विषयहरूमाथि जानकारी गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *