अखिल भारतीय गोर्खा लिगको 80औं स्थापना दिवस पालन

अखिल भारतीय गोर्खा लिगको 80औं स्थापना दिवस पालन

Spread the love

दार्जीलिङ, 15 मई। अखिल भारतीय गोर्खा लीग (अभागोली) ले आज पार्टीको 80औं स्थापना दिवस दार्जीलिङको पार्टी कार्यालयमा पालन गऱ्यो। पार्टीको स्थापना दिवस कार्यक्रमपछि पत्रकारहरूसित कुरा गर्दै अभागोली कार्यकारी अध्यक्ष प्रताप खातीले भने, बंगालदेखि बाहिर र संविधानभित्रको कुरा गरिरहेका छौ। जे पनि हुन्छ, बंगालदेखि बाहिर हुनु पर्नेछ। हामीले त्यही दिशामा अघाडी बढ्ने प्रयास गरिरहेका छौं।

उनले एकजुट हुनुपर्ने आवश्यकतामाथि बल दिॅंदै एकजुट बनेको खण्डमा दिल्लीले पनि ध्यान दिन्छ भनी बताए। उनले भने, हाम्रो आवाज एक भयो भने दिनुपर्छ भन्छ। क्याल्कुलेशन गर्छ। हामीमाझ नै विवाद भयो, हामी नै विभाजन भयौं भने केही समयको लागि सरकारले हामीलाई वेवास्ता गर्छ र हामीलाई भूल्न पनि सक्छ।

उनले कसैको नाम नलिइ भने, यहाँ त बिक्री हुनेहरू तयार छन्, चुनाउमा सबै बिक्री भइहाल्छन्। आज एउटा कुरा गर्छ, भोलि अर्को कुरा गर्छ। आज हाम्रो राजनैतिक स्तर तल झरेको छ। एक महिना अघाड़ी 244 को वकालती गर्छ, एक महिनापछि गोर्खाल्याण्डको रोड म्यापको कुरा गर्दै हिँडछ, पढ़े लिखेका मान्छेहरू। उनले हिजो गोर्खाल्याण्ड भन्नेहरू आज टीएमसीमा कुदिरहेका छन् भन्दै ममता सरकारले पर्जापट्टा दिँदिन भन्छ, तरै पनि उनीहरू टीएमसीकै झण्डा थापिरहेका छन् भनी बताए।

Leave a Reply

Your email address will not be published.