गान्तोक, 16 जून। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले भारतीय नेपाली समुदायप्रति अखिल भारतीय महिला सम्मेलन (एआईडब्ल्युसी) की एक कार्यकारी सदस्या चन्द्र प्रभाको टिप्पणीमा आफ्नो प्रतिक्रिया जनाएका छन्। उनले यस विषयमा संगठनले हस्तक्षेप गर्नुपर्ने र भारतीय नेपाली समुदायलाई तत्काल माफी माग्नुपर्छ भनी माग गरेका छन्।
एसडीएफ पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व मुख्यमन्त्रीले एआईडब्लयुसीकी कार्यकारी सदस्या चन्द्र प्रभाको बयानलाई अत्यन्त आपत्तिजनक, जातिवादी र गैर भारतीय ठहर गर्दै निन्दा गरेका छन्। सम्पूर्ण भारतलाई नै प्रतिनिधित्व गर्ने संगठनमा एक जिम्मेवार पद ग्रहण गरेका व्यक्ति कसरी आफ्नै देशको इतिहास अनि विविधताबारे अनविज्ञ रहन सक्छन् भनी उनले प्रश्न पनि गरेका छन्। उनको अज्ञानता बाहेक कसरी उनले कुनै समुदाय विरुद्ध जातीय आपत्तिजनक टिप्पणी गर्न सक्छन्, जबकि कालेबुङकी अरुणा प्रधानले उनलाई गोर्खाहरू पनि भारतीय नागरिक रहेको कुरा स्मरण गराइरहेकी थिइन् भनी बताएका छन्।
उनले आजादीको अमृत महोत्सवमा नेपाली देशभक्ति गीतलाई सामेल गर्नु सम्भव छैन भनी चन्द्र प्रभाले दिएको बयान अतिनै दुर्भाग्यपूर्ण रहेको बताएका छन्। उनले भारतीय मिडियाहरूलाई पनि भारतीय नेपालीहरूसॅंग भइरहेको व्यवहारलाई संज्ञानमा लिन ध्यान आकर्षित गरेका छन्। उनले हामी विरूद्ध यस्ता जातीय टिप्पणीहरूले अगावै सीमा पार गरिरहेका छन् भन्दै यस विरूद्ध कड़ा कारबाही नगरेसम्म जारी रहने बताएका छन्। उनले एआईडब्ल्युसीलाई यस मामिलामा हस्तक्षेप गर्न अनुरोध गर्दै चॉंडोभन्दा चॉंडो भारतीय नेपाली समुदायप्रति माफी पर्ने माग गरेका छन्।